मदन बिक/बाजुरा १४ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य प्रकाश शाहले केपि ओलीले ल्याएको अध्यादेश र विद्यादेशले देशमा ठुलो संकट उत्पन्न भएको बताएका छन् ।
मंगलबार बाजुरा सदरमुकाम मार्तडीमा प्रचण्ड-माधव समूह पक्षले ओलीले चालेको असंबैधानिक कदम विरुद्धमा आयोजित विरोध प्रर्दशनको सभालाई सम्बोधन गर्दै नेता शाहले सो कुरा बताएका हुन् ।
नेता शाहल फरक प्रसंगमा बोल्दै अध्यादेश प्लस विद्यादेश बराबर सिद्यादेश मार्फत ओलीले देशलाई सिद्याउन लागेको आरोप लगाए ।
उनले भने अध्यादेश भनेको ओलीको शासन, ओलीको संविधान, ओलीको कानुन जस्तै भएकोले ओलीको अद्यादेश प्लस विद्यादेश बराबर सिद्यादेश हुन लाग्दा देशमा ठुलो संकट आएको बताए ।
विरोध सभाका प्रमुख अतिथि समेत रहेका नेता शाहले बालुवाटरे केपि ओली नेतृत्वको पार्टी आधिकारीक नभई एउटा गुटको छुट्टै समूह भएको त्यस पार्टी प्रति विश्वास नगर्न आग्रह समेत गरेका छन् ।
त्यसै गरि सोही विरोध सभालाई सम्बोधन गर्दै नेता कणर्बहादुर विक (केशव) ले ओलीेले अलोकतान्त्रिक र असंवैधानिक कदमले देशमा राजनीतिक संकट उत्पन्न भएको बताएका छन् । त्यस्तै पार्टी भित्रको आन्तरिक कलहलाई समाधान गर्नुको सट्टा ओलीले पार्टीलाई नै विभाजन तर्फ धकेल्ने खोजेको आरोप लगाएका थिए ।
विरोध सभालाई नेकपाका युवा नेता महेश शाही, सुदूरपश्चि प्रदेश कमिटी सदस्य कमल कुमारी शाह, दिपक बुढा, नेकपा बाजुराका सचिवालय सदस्य पुरबहादुर रावत लगायतले सम्बोधन गरेका थिए ।
नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य सचिवालय सदस्य विनिता विकले गरेकी थिईन् भने संचालन नेकपा बाजुराका सचिवालय सदस्य तथा स्वामीकार्तिक खापर गाउँपालिका इन्चार्ज रमेश विकले गरेका थिए ।
कार्यक्रममा नेकपाका प्रचण्ड-माधव पक्षका १ हजार बढी कार्यकर्ता सहभागि भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु