होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • लामो समय कम्प्युटर चलाए हुन्छ यस्तो खतरा
सूचना-प्रविधि

लामो समय कम्प्युटर चलाए हुन्छ यस्तो खतरा

  • नागरिक रैबार
लामो समय कम्प्युटर चलाए हुन्छ यस्तो खतरा

कम्प्युटर वा ल्यापटपमा लगातार काम गर्नेलाई ‘टेनिस एल्बो’ रोगको खतरा ज्यादा हुने देखिएको छ। पछिल्लो समय यो रोग लाग्नेमध्ये ४० प्रतिशत मानिस कम्प्युटरमा लामो समयसम्म टाइपिङ गर्ने छन्।

डाक्टरहरुका अनुसार १० घन्टाभन्दा बढी कम्प्युटर वा ल्यापटपमा टाइपिङको काम गर्नेहरुमा यो रोग तीव्र रुपमा बढ्दै गएको छ। तल कुइनो राखेर किबोर्डमा लामो समयसम्म टाइप गर्दा वा माउस चलाउँदा मांसपेशीलाई हाडसँग जोड्ने भाग ‘टेन्डन’मा हल्का प्रहार हुन्छ।

यो लगातार रुपमा भइरहे ‘रिपिटेटिभ स्ट्रेस इन्जुरी’का कारण टेन्डन दुख्न थाल्छ। यो अचानक नभई विस्तारै बढ्दै जान्छ। सुरुवातमा कुइनोमा मात्र दुख्छ, पछि तलमाथि फैलिन थाल्छ।

विज्ञापन

टेनिस एल्बोका लक्षण :-

कुइनोलाई चलाउँदा दुख्ने।

ब्रस गर्दा, कपाल कोर्दा कुइनोनेर दुख्ने।

ताला खोल्दा वा चियाको कप उठाउँदा दुख्ने।

बच्ने उपाय :-

१०–१० मिनेटमा विश्राम लिँदै टाइप गर्नुपर्छ।

विश्रामका बेला नाडी र कुइनोको व्यायाम गर्नुपर्छ।

नाडीलाई घुमाउने र कुइनोलाई तन्काउने गर्नुपर्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार