होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • संसद विघटन विरुद्ध बाजुरामा पनि काँग्रेसको प्रर्दशन
Breaking News

संसद विघटन विरुद्ध बाजुरामा पनि काँग्रेसको प्रर्दशन

  • नागरिक रैबार
संसद विघटन विरुद्ध बाजुरामा पनि काँग्रेसको प्रर्दशन

नागरिक रैबार/बाजुरा १३ पुस। बाजुरा पनि नेपाली काँग्रेसले प्रतिनिधि सभाको असंवैधानिक विगटनको विरुद्धमा प्रर्दशन गरेको छ । केन्द्रिय सर्कुलर अनुसार बाजुरामा पनि प्रतिनिधि सभा विघटनको विरोधमा काँग्रेसले प्रर्दशन गरेको हो ।

बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्याली मार्तडी बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा कोण सभामा परिणत भएको थियो ।

विरोध प्रर्दशनका क्रममा निस्केको काँग्रेसको र्यालीमा केपी ओली मुर्दावाद, ओलीले चालेका असंवैधानिक कदम खारेज गर । प्रतिनिधि सभा पुनस्थापन गर भन्दै नारा जुलुस गरेका थिए ।

विज्ञापन

विरोध प्रदर्शन सहितको सभालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डे, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डित, पुर्व सभासद देवराज जोशी, महा नेपाली, वरिष्ठ नेता रामसिंह रावल लगायतले सम्बोधन गरेका छन् । काँग्र्रेसको विरोध सभालाई सम्बोधन गर्ने काँग्रेसका सवै नेताले केपि ओली नेतृत्वको सरकार काम चलाउ भईसकेको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार