होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • खेलाडीको एउटै मागः मार्तडीमा प्रयाप्त खेल मैदान चाहियो
समाज

खेलाडीको एउटै मागः मार्तडीमा प्रयाप्त खेल मैदान चाहियो

  • नागरिक रैबार
खेलाडीको एउटै मागः मार्तडीमा प्रयाप्त खेल मैदान चाहियो

नागरिक रैबार/बाजुरा १३ असोज। रानीवन स्पोट्र्स युथ क्लव मार्तडीले बडीमालिका नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।क्लवले जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाले सदरमुकाममा खेल क्षेत्रमा आवश्यक लगानी नगरेको भन्दै सोमबार नगरपालिकाको ध्यानाकर्षण गराएका हो ।

रानीवन स्पोट्र्स युथ क्लवका अध्यक्ष धुव्र बहादुर रोकायाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न चार बुदे मागसहित राखिएको छ ।
जसमा तत्काल खेलमैदानको व्यवस्थापन गरिनु पर्ने, निर्माणाधिन अवस्थामा रहेको कवर्डहलको निर्माण कार्य यथासिघ्र छिटोसम्पन्न गरिनु पर्ने, जिल्लामा खेलिने खेलहरुका खेल प्रशिक्षकको व्यवस्थापन गरिनु पर्ने र तत्कालका लागि वैकल्पिक खेल मैदान र खेलकुद सामाग्रीको व्यवस्थापन गरिनु पर्ने माग उल्लेख गरिएको छ ।

ध्यानकर्षण गराउन नगरपालिका पुगेका खेलाडीहरुले नगरपालिकाले खेल क्षेत्रको विकासका लागि खेल क्षेत्रका गतिविधी संचालन र सदरमुकाममा खेलमैदानको विषयमा नगरपालिकाले कुनै पनि भौतिक पुर्वाधार विकास तथा व्यवस्थापन नगर्दा बाजुरा जिल्लाका खेलाडीहरुको प्रतिभा र क्षेमता बन्देज भएकोले तत्काल खेल क्षेत्रलाई पनि ध्यान दिन अनुरोध गरेका छन् ।

विज्ञापन

जिल्लाको मुटुमा रहेको नगरपालिकाले खेल क्षेत्रमा कुनैपनि चासो नदिएको भन्दै खेलाडीहरुले नगरपालिका परिसर भित्रै फुटवल र व्याडमिन्टन खेल प्रस्तुत गरेर खेलमैदानको अभाव भएको संकेत गरेका थिए । खेलकुदका सामाग्री सहित नगरपालिका पुगेका खेलाडीहरुले कार्यवाहक नगर प्रमुख एंव वडा नं. १ का वडा अध्यक्ष रामबहादुर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझाउँदै रानिवन स्पोट्र्स यूथ क्लवका अध्यक्ष धुर्बबहादुर रोकायाले भने हामीलाई सदरमुकाम मार्तडीमा तत्काल खेलमैदान चाहियो हाम्रा खेलाडीहरु खेलमैदान नभएर खाली बसेका छन् ।

यता कार्यवाहक नगर प्रमुख कार्कीले खेलाडीहरुको ध्यानाकर्षण पत्र बुझ्दै उनले भने नगरप्रमुख बाहिर भएकाले तत्कालै समन्वय गरेर खेलाडीका मागहरु सम्वोधन गर्ने आश्वासन दिएका थिए ।

उसाे त जिल्ला सदरमुकाम मार्तडीमा प्रयाप्त खेल मैदान छैन् । जिल्लाकाे निर्वाचन क क्षेत्र काेल्टीभेग र तल्लो क्षेत्रमा खेलमैदान खालि छन् । बाजुराको सदरमुकाम मार्तडीमा प्रयाप्त खेलमैदान नहुँदा फुटबल, क्रिकेट, बास्केटबल, भलिवल जस्ता खेलहरु खेल्नबाट यहाँका हजाराैँ खेलाडीहरु बन्चित भएको खेलाडी दिनेश शाहीले गुनासो गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै