होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमबाप्पेले च्याम्पियन्स लिग क्वाटरफाइनल गुमाउने
समाचार

एमबाप्पेले च्याम्पियन्स लिग क्वाटरफाइनल गुमाउने

  • नागरिक रैबार
एमबाप्पेले च्याम्पियन्स लिग क्वाटरफाइनल गुमाउने

१३ साउन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । एंकल इन्जुरीको कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने इटालियन क्लब एटलान्टाविरुद्धको खेल खेल्न नसक्ने भएका हुन् ।

फ्रेन्च क्लब फाइनल अन्तर्गत २१ वर्षीय एमबाप्पेलाई चोट लागेको थियो । उनलाई सेन्ट एटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए । जसले गर्दा एमबाप्पे थोरै समय मात्र मैदानमा बिताउन पाए । नेमारको एक मात्र गोल मद्दतमा पिएसजीले उक्त खेल जित्दै उपाधि जितेको थियो ।

एमबाप्पेको चोट निको हुन कम्तीमा ३ साता लाग्ने बताइएको छ । तर, पीएसजी सेमिफाइनलमा पुगे अगष्ट १८ मा हुने खेलका लागि एमबाप्पे मैदान फर्कन सक्ने बताइएको छ ।

यस सिजनको च्याम्पियन्स लिग फाइनल पोर्चुगलको लिस्बनमा अगष्ट २३ मा हुनेछ । कोरोनाभाइरस महामारीले गर्दा यस पटक क्वाटरफाइनलदेखि सिंगल लेग खल मात्र हुनेछ भने क्वाटरफाइनलदेखि फाइनलसम्मको खेल लिस्वनमै खेलाइनेछ ।

महामारीले गर्दा यस सिजनको च्याम्पियन्स लिगका खेलहरु केही ढिला हुन लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै