कोरोना भाईरस कोडिभ १९ ले गर्दा अहिले नेपाल देशमा समेत लकडाउन जारी रहेको छ । नेपालमा २०७६ चैत्र ११ देखी लकडाउन सुरु भएको थियो ।देशमा कोरोना भाईरसका संक्रमित दिनानु दिन थपिदै जाँदा आर्थिक लगाएत सबै क्षत्रमा लकडाउनले असर पु¥याईरहेको छ । अहिलेको यो बन्दाबन्दीले गर्दा कृर्षि क्षत्रमा समेत त्यत्तिकै प्रभाव पारेको छ ।
यो महामारीले गर्दा अहिले जिल्ला बाहिर रहेकाका देशका बिभिन्न शहरमा पढाइको शिलसिलामा जिल्ला छोडेका र कामको शिलसिलामा भारत लगाएत तेस्रो मुलुकमा हरेका नागरीकहरु गाउघरमा आउन थालेका छन् ।
गाउँघर केन्द्रित भएका सवैले बाँझो जग्गामा तरकारी लगाएत अन्य खेतीयोग्य जमीनको सदुपयोग गरेर फलाएका तरकारीहरुले उचित बजार पाउन सकेका छैनन् । त्यस कारण कृषकहरुले आफुलाई खान पुग्ने गरी मात्रै तरकारी फलाउन थालेका छन् ।
कृषकले फलाएको तरकारी बजार सम्म पु¥याउने ब्यवस्था सम्बन्धित निकायले नगरे जिल्लाका किसानहरुले फलाएको तरकारीले मुल्य पाउने छैन् । जिल्ला बाहीर तथा भारत बाट आएको तरकारी खानुर्ने सम्भावना बड्दो क्रममा छ । लकडाउनले गर्दा बिहान बेलुका मजदुरी गरेर खाने र तरकारी बेचेरै जिविकोपार्जन गरीरहेका कतिपय कृषकहरुले अहिलेको यो बिषम परिस्थितिमा तरकारी फलाएर बजार सम्म पु¥याउने सम्भावना कति पनि देखिदैन ।
जिल्लाका किसानहरुले फलाएको तरकारीको जिल्लाका सम्बन्धीत निकायले बजारीकरण गरीदिए जिल्लाका किसानहरुको कृर्षि क्षेत्र प्रतिको मोह बड्दै जाने देखीन्छ । यसरी जिल्लाका प्रत्येक पालिकाले र कृर्षि ज्ञान केन्दले पनी नियमित रुपमा किनाको बारीमै पुगेर तरकारी बजार सम्म पु¥याउन सके जिल्लाका कृर्षिक थप हर्षित हुने देखिन्छ ।
जिल्लामा कृषि ज्ञान केन्द्र बाजुराले संचालन गरेको कृषकहरुको घरमै पुगेर तराकारी बजारमा पु¥याउने उक्त कार्यक्रम नियमित संचालन गरीरहे बाजुराका स्थानीले बाजुराकै तरकारी खान पाउने छन् । जसरी कोरोना भाइरस कोभिड १९ ले गर्दा देशमा लकडाउन सुरु भयो त्यस पछि जिल्लामा तरकारी बेच्न आउनेको संख्या पनी कतै देखिदैन । लकडाउनले गर्दा कृषि क्षेत्रमा पु¥याएको असरलाई समाधान गर्न सबैले हातेमालो गरेर अघाढी बड्न जरुरी देखीन्छ । सबैसै सबै क्षत्रबाट कृर्षि क्षत्रलाई र कृर्षकलाई माया गरे कृर्षि क्षत्रको समस्या टार्न सकिन्छ । रावल घरेलु तथा साना उद्योग बिकास बाजुराका तथ्यांक सहायक पदमा कार्यरत छन् ।
फेसबुक प्रतिक्रियाहरु