होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सुदूरपश्चिममा १५ हजार जनामा कोरोना परीक्षण
स्वास्थ्य-जीवनशैली

सुदूरपश्चिममा १५ हजार जनामा कोरोना परीक्षण

  • नागरिक रैबार
सुदूरपश्चिममा १५ हजार जनामा कोरोना परीक्षण

प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रयोगशालामा (पीसीआर प्रविधि) दुई हजार सात सय ६१ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट १२ हजार २ सय ८३ जनाको परीक्षण गरिएको छ।

पीसीआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चार जना निको भएर घर गएका छन् भने एक जना उपचाररत छन्। र्‍यापिड टेष्ट गरिएकामध्ये १० जनामा पोजेटिभ देखिए पनि उनीहरुको पीसिआर नेगेटिभ देखिएको बताइएको छ।

प्रदेशको समाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार कैलालीमा सबैभन्दा बढी चार हजार आठ सय १९ जना र्‍यापिड टेष्ट गरिएको छ।

विज्ञापन

यस्तै अछाममा आठ सय ५६, बैतडीमा चार सय ९९, बझाङमा सात सय ८०, बाजुरामा एक हजार ७५, डडेल्धुरामा दुई सय १०, दार्चुलामा ६ सय ४७, डोटीमा एक हजार ६ सय ८४ र कञ्चनपुरमा एक हजार सात सय १३ जनामा र्‍यापिड टेष्ट गरिएको छ।

यस्तै सोमबारसम्मको तथ्याङ्क अनुसार एक सय ६८ महिलासहित एक हजार तीन सय सात जना क्वारेण्टाइनमा बसेका छन्।

सुदूरपश्चिमका तीन सय ४८ स्थानमा सात हजार पाँच सय ३५ बेड क्षमताका क्वारेण्टाइनसथल छ।

यस्तै प्रदेशका विभिन्न जिल्लामा गरी एक सय ५४ आइसोलेसन वार्ड रहेको सामाजिक मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विभिन्न जिल्लाका आइसोलेसनमा बसेर हालसम्म एक सय नौ जना डिस्चार्ज भइसकेका छन्। युनिटीखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार