होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • औषधी लिन नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदै
Breaking News

औषधी लिन नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
औषधी लिन नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदै

नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदैछ। सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो।

औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ। जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ। जहाजमा नेपाल एअरलाइन्सका बाहेक अरु कर्मचारी नरहने अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले बताए। जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहनेछन्। स्वास्थ्य मन्त्रालय र नीजि क्षेत्रका प्रतिनिधि जहाजमा नरहने उनले बताए।

यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ। एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ। अपरेशन विभागका प्रमुख जुहार्चनका अनुसार अप्रिल २ तारिखमा पनि जहाज ग्वान्झाउ नै जाने भएको छ।

अप्रिल २ तारिखको उडानको लागि ९० प्रतिशत तयारी पूरा भैसकेको उनले बताए। यस्तै अप्रिल ३ मा पनि ग्वान्झाउ र ४ तारिखमा कुम्निङमा चार्टडको तालिका रहेको उनले बताए।

अप्रिल २,३ र ४ तारिखका सबै उडान नेपाली नीजि क्षेत्रले चार्डर गरेका हुन्। तीनवटै उडानमा नेपाल वाइडवडी जहाजको प्रयोग हुनेछ। जहाजमार्फत नीजि क्षेत्रले नेपाललाई चाहिने मेडिकलजन्य र अन्य अत्यावश्यक सामग्री ल्याउन  लागेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • १८ मिनेटutes अगाडि

भर्खरै