होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी ओलीले कम्युनिस्टहरूलाई छिन्नभिन्न पारे, विश्वासघात गरेः भीम रावल
समाचार

केपी ओलीले कम्युनिस्टहरूलाई छिन्नभिन्न पारे, विश्वासघात गरेः भीम रावल

  • नागरिक रैबार
केपी ओलीले कम्युनिस्टहरूलाई छिन्नभिन्न पारे, विश्वासघात गरेः भीम रावल

नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीले पार्टीको झण्डा कुल्चिएको आरोप लगाएका छन् । आइतबार धनगढीमा भेला भएका कार्यकर्तासँग नेता रावलले भने, ‘केपी ओलीले नेपाली जनताको स्वाभिमानमाथि आँच पुर्‍याउने काम गरेका छन् ।’

सात दशक लामो पार्टीको इतिहास कुल्चिन खोज्नेहरू परास्त हुने जिकिर उनले गरे । ‘एमाले र माओवादी केन्द्रबीचको एकता घोषणापत्रमा हस्ताक्षर गर्ने ओलीले विश्वासघाट गरे । त्यो दिन केपी ओलीलाई सम्झना छ कि छैन् ?’, रावलले प्रश्न गरे ।

ओलीले नै नेपालका कम्युनिस्ट शक्तिलाई छिन्नभिन्न पार्न खोजेको रावलको आरोप छ । ‘हामी पार्टी एकता टुंगिन्छ भनेर आम नेता, कार्यकर्तालाई विश्वस्त पार्ने प्रयासमा थियौँ । ओली भने कम्युनिस्टहरूलाई फुटाएर शक्तिमा रहिरन उद्यद देखिए ।

 

संसद विघटन गरेर ओलीले देश र जनतालाई धोका दिएको रावलको टिप्पणी छ । आफूहरूले वर्तमान सरकारलाई साथ नदिएको भन्नु हाँस्यास्पद भएको उनले बताए ।

प्रचण्ड-नेपालका अन्य नेताले जस्तै उनले पनि ओली समूहलाई ‘चोइटिएको सानो गुट’को संज्ञा दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै