होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घनश्यामको प्रश्न : ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’
समाचार

घनश्यामको प्रश्न : ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’

  • नागरिक रैबार
घनश्यामको प्रश्न : ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’

१२ पुस, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् ।

चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’

उनले संसद पुनर्स्थापित हुने चार महिना पनि नलाग्ने उनले बताए । नेता भुसालले भने, ‘राजाले विघटन गरेको संसद त आन्दोलनको बलमा पुनर्स्थापना गरियो, अहिले नहुने कुरै छैन ।’ संसद पुनर्स्थापना नभए संविधान च्यातिन शुरु हुने र संविधान विरोधीले टाउको उठाउने मौका पाउने भुसालले औंल्याए ।

पार्टीका सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विधान विपरित संसद विघटन गरेको उनले बताए । प्रधानमन्त्रीको कदमको विपक्षमा ओली समूहकै धेरै नेता रहेको भुसालको दाबी छ ।

पार्टीले सररकारलाई काम गर्न नदिएर संसद विघटन गर्नु परेको भन्दै ओली पक्षको दाबी उनले अस्वीकार गरे । तत्कालीन कृषिमन्त्री समेत रहेका उनले एमसीसी पारित गर्ने विषयमा बाहेक पार्टीले सरकारलाई कुनै विषयमा अवरोध नगरेको दाबी गरे । एमसीसीका हकमा राष्ट्रको हितमा हुने गरी संशोधन गरेर मात्रै पारित गर्न पार्टीले सरकारलाई निर्देशन दिएको उनले स्मरण गरे ।

भेलामा पूर्वसभामुख ओनसरी घर्तीले पार्टीका सबै कमिटी र संसदीय दलका आफ्नो पक्षको स्पष्ट बहुमत रहेकाले आधिकारिक नेकपा आफूहरु नै भएको बताइन् । ‘हामी सबैतिर बहुमतमा छौं, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’, घर्तीले भनिन्, ‘वैधानिक हुँदाहुँदै पनि दिइएन भने सडक संघर्षबाट लिन्छौं ।’

ओली समूहमा लागेका रामबहादुर थापा बादल पक्षका ७० प्रतिशत नेताहरु प्रचण्ड–माधव समूहमा आइसकेका र बाँकी पनि क्रमशः आउने उनले बताइन् । भेलामा केन्द्रीय सदस्य एवं प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय सदस्य हकिकुल्ला खां, जिल्ला सचिव निर्मल जीसी, खेम लुइटेल लगायतले बोलेका थिए ।

भेलामा करिब एक हजार जनाको सहभागिता रहेको सो समूहका नेता निर्मल जीसीले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै