होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धादिङका अध्यक्ष पौडेलले पार्टी छाडे
समाचार

धादिङका अध्यक्ष पौडेलले पार्टी छाडे

  • नागरिक रैबार
धादिङका अध्यक्ष पौडेलले पार्टी छाडे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले पार्टी छाड्ने निर्णय गरेका छन् । अध्यक्ष पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वमा नरहने जानकारी दिएका छन् । पौडेलले सामाजिक सञ्जालमा भावुक स्टाटस् लेख्दै पार्टी निर्माणको अभियानबाट अलग रहेको घोषणा गरेका छन् । उनले केही समय सबैसँग सम्पर्क बाहिर रहने समेत जानकारी दिएका छन् ।

यस्तो छ उनले लेखेको स्टाटस्ः

जीवनको पिड़ादायी निर्णय :

विज्ञापन

सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवान हरू बर्षौ देखी अहोरात्र खटे । कसैले काठ काटे , कसैले ढूँगा जुटाए , कसैले इट्टा बनाए , कसैले रड सीमेण्टको जोहो गरे ,कतीले कर्मी कामको तालीम लिए ,कतीले सेनिटरी सामान ल्याए । सबै सामान एक ठाऊमा जम्मा भयो प्राविधिक ईस्टमेट गरियो सबै सामान बाट एउटै घर बनाए कम्पाउंड वाल सहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।

सबै सामाग्री एउटै घरको लागी लगाउने निर्णय भयो । सोचे जस्तै कंपाउंड वाल सहितको घर निर्माण भयो । सबै अगुवा हरूले आ-आफ्नो कोठा लिए । श्रमिक हरूको थाक थलोको टुंगो लागदै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ़्नो भन्दा तिम्रो राम्रो र सुबिधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने बीबाद शुरू भयो । सबै आ-आफ़्ना अडानमा डग्मगाएनन । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिज़ा जगको ढूँगा निकाले । हेर्दा हेरदै घर गर्लम्म ढल्यो ।

अब फेरी नया अलग अलग घर बनाउन लड़ेका घरका काम लाग्ने सामान क़सक़सले जम्मा गरेको हो आआफ्नो पट्टी थूप्रो लगाउने होड़ शुरू भएको छ । त्यो तानातानमा अझै कती सामान नस्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ , अहिले सम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ती पनी मानी रहेको छैन ।

घर नबनाए ओडारको बास हुने क़ुरा राम्ररी बुझेको छु । तर मन बरू तेसै गर्न घर लडेकै दिन देखी तयार थियो । आज सम्म मनलाइ अन्तिम निर्णय लीने मौक़ा दिए । अन्तिम पटक पनी मनले भन्यो बरू ओडारमा बस । फेरी पनी गल सुरक्षित छन तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेकालागी पनी घातक हुन्छ ।

नया घर बनाउने जिम्मा नया पुस्ताको काधमा छाड्दई यो अभियान बाट अलग रहने निर्णय गरे । आफ़्ना सहयात्रीहरू संग नाई /हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुने छु । यस विषयमा सम्मझाऊने क़ुरा गरेर समयको बर्बादी नगरी आ-आफ्नो योजनामा लाग्नु होला । राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबै प्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ ।यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।……,..

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार