होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतीय सेनाबाट अवकाशप्राप्त नेपालीहरु किन राज्यविहीन महसुस गर्छन् ?
समाचार

भारतीय सेनाबाट अवकाशप्राप्त नेपालीहरु किन राज्यविहीन महसुस गर्छन् ?

  • नागरिक रैबार
भारतीय सेनाबाट अवकाशप्राप्त नेपालीहरु किन राज्यविहीन महसुस गर्छन् ?

११ कात्तिक, काठमाडौं । उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए । तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् ।

उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा गाउँमा भएको हो र युवा अवस्थामा नै म गोर्खा रेजिमेन्टमा भर्ना भएँ । अहिले नेपालमा मेरो परिवारका सदस्य छैनन्, अरु सम्बन्ध पनि छैन किनकि मैले मेरो जीवन भारतमा बिताएँ र मेरो परिवार यस्तै सेटल भयो । तर, यहाँ मेरो केही पनि छैन ।’

 

सन् १९५० को शान्ति र मैत्री सन्धी अनुसार भारत र नेपालका नागरिकहरु एक अर्काको मुलुकमा स्वतन्त्र आउजाउ गर्न पाउँछन् र बसोबाससमेत गर्न पनि पाउँछन् । तर, भारतको सेनाबाट अवकाश पाउने धेरै गोर्खा जवानहरु जे नेपालमा जन्मिए र दशकौंसम्म भारतीय सेनामा बिताए, अवकाशपछि उनीहरु आफू राज्यविहीन भएको महसुस गर्छन् ।

१७ वर्षदेखि ३४ वर्षसम्म भारतीय सेनामा नै बिताउने भएकाले उनीहरु भारतमा नै बस्न चाहन्छन् । किनकि, उनीहरुका परिवार नै भारतमा हुन्छन् । यसले गर्दा उनीहरुमध्ये धेरैले आफूलाई राज्यविहीन भएको महसुससमेत गर्छन्
उनीहरु नेपाल फर्केर आउने कुनै आधार छैन । तर, भारतको नागरिकता लिने प्रक्रिया एकदमै झन्झटिलो छ । भारत स्वतन्त्र भएपछि नेपाल, बेलायत र भारतका वीचमा सन् १९४७ मा त्रिपक्षीय सम्झौता भयो, जसले नेपाली गोर्खा बेलायत र भारतको सेनामा भर्ना गर्ने बाटो खुल्यो । सम्झौतापछि १० गोर्खा पल्टनमध्ये ६ वटा भारतसँग रह्यो र चारवटा बिटिस सेनासँग रह्यो । सो सम्झौतापछि केही गोर्खाले बेलायती सेना भर्ना हुन इन्कार गरे र उनीहरुका लागि भारतले ११ गोर्खा राइफल्स बनाउने निर्णय लियो ।

सम्झौताअनुसार गोर्खा सिपाहीले नेपाली नागरिकअनुसार भर्ना, सेवा र नेपाल फर्कन सक्छन् । ब्रिटिस सरकारले चार वर्ष काम गरेकालाई बेलायतमा सेटल हुने नियम बनाएको छ र उनीहरुले अंगीकृत नागरिकता प्राप्त गर्छन् ।

तर, भारतमा नागरिकताको लागि आवेदन दिने प्रक्रिया भने अलिक कठिन छ । उनीहरुले पासपोर्ट लगायतका कागजात गृह मन्त्रालयमा बुझाउन आवश्यक छ ।

भारतीय सेनामा ३४ वर्ष काम गरेका अवकाशप्राप्त एक क्याप्टेनले नेपाली जवानहरुसँग नागरिकताका लागि आवेदन दिन पासपोर्ट नहुने बताए । उनीहरु भारतको सेना भएर काम गर्दा पनि विदेश भोग्नु परेको बताउँछन् । उनीहरु नागरिकताको प्रक्रियालाई अलिक सहज बनाउन चाहन्छन् ।

अवकाशप्राप्त कर्णेल केशव राई माथि उल्लेख गरिएका क्याप्टेनसँग सहमत छन् । दार्जीलिङ सैनिक जिल्ला बोर्डका पूर्वसचिव राई नागरिकता प्राप्तिलाई सहज बनाउनुपर्ने बताउँछन् । उनले भने, ‘जो जवान अबकाशपछि भारतमा नै बसोबास गर्न चाहान्छन्, उनीहरुका लागि सामान्य अहिलेको भन्दा अझ सरलीकृत नागरिकता प्राप्त गर्ने प्रक्रिया बनाउनुपर्छ । उनीहरु अवकाश प्राप्त हुनुभन्दा एक वर्ष अगाडि नै सो प्रक्रिया शुरु गर्नुपर्छ ।’ उनका अनुसार धेरै जवानहरु नागरिकताका लागि कसरी निवेदन दिने भन्ने सम्बन्धमा समेत कम जानकार छन् ।

उनले भने, ‘यो समस्या बढिरहेको छ, हाम्रो क्षेत्रमा समेत केही हजारले समस्या भोगिरहेका छन् । नागरिकता नहुँदा सैनिक बोर्डमा सामेल हुन र अन्य सुविधा प्राप्त गर्नका लागि समेत कठिनाई भइरहेको छ ।’

उनीहरु युवा अवस्थामा नै भर्ना हुने र १७ वर्षदेखि ३४ वर्षसम्म भारतीय सेनामा नै बिताउने भएकाले उनीहरु भारतमा नै बस्न चाहन्छन् । किनकि, उनीहरुका परिवार नै भारतमा हुन्छन् । यसले गर्दा उनीहरुमध्ये धेरैले आफूलाई राज्यविहीन भएको महसुससमेत गर्छन् ।

नेपालको पनि पर्याप्त कागजात नहुने र भारतको पनि पर्याप्त कागजात उनीहरुसँग हुँदैन । भारतीय सेनाका रुपमा उनीहरुले बंगलादेश, श्रीलंका र संयुक्त राष्ट्रसंघको शान्ति मिसन लेबनान, सुडान र सिरालियोनमा काम गरेका छन् ।

(दि टेलिग्राफमा प्रकाशित समाचारको भाव अनुवाद)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै