धनगढीः कैलालीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिहले जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सहित पाँच जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा अत्तरियामा कार्यरत एक जना र सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत तीन जनामा पनि संक्रमण देखिएको छ।
फेसबुक प्रतिक्रियाहरु