होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रदेश स्तरीय वक्तृत्वकलामा बाजुराका प्रेम नेपाली प्रथम
Breaking News

प्रदेश स्तरीय वक्तृत्वकलामा बाजुराका प्रेम नेपाली प्रथम

  • नागरिक रैबार
प्रदेश स्तरीय वक्तृत्वकलामा बाजुराका प्रेम नेपाली प्रथम

नागरिक रैबार/बाजुरा १५ फागुन। सुदूरपश्चिम प्रदेश स्तरीय वक्तृत्व कला प्रतियोगितामा पनि बाजुराकाे बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका छन् । उनले वक्तृत्व कलामा सहभागी भएका सुदूरपश्चिम प्रदेश भित्रका ८ जिल्लाका प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान ल्याउन सफल भएका हुन् ।

यस अघि बाजुरामा संचालन गरिएको जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम भएका नेपाली सुदूरपश्चिममा संचालन भएको प्रदेश स्तरीय वक्तृत्व कलामा पनि प्रथम भएका हुन् ।

बाजुरा जिल्लामा प्रथम भएर प्रदेश स्तरको वक्तृत्व कलामा सहभागि भएका नेपालीले प्रथम स्थान ल्याएसँगै रु २० हजार नगद पुरस्कार सहीत प्रमाण पत्र प्रदान गरेका छन् ।

विज्ञापन

Image may contain: 8 people, including Prem Nepali

धनगढीमा आयोजना गरिएको प्रदेश स्तरीय प्रतियोगितामा डडेल्धुरा जिल्लाकी दीपा भण्डारी द्धितीय र कैलालीका चित्रा पाण्डे तृतीय भएका छन् । भण्डारीले १५ हजार र पाण्डेले १० हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रदेश बाट पहिलो भएका नेपालीले आगामी चैत्र ५ गते काठमाडौंमा हुने राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउने भएका छन् ।सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको संयोजन तथा राष्ट्रिय युवा परिषद्को आयोजनामा उत्तः प्रतियोगिता धनगढीमा संचालन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार