होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • मल र विषादी छर्न ‘ड्रोन’को प्रयोग
सूचना-प्रविधि

मल र विषादी छर्न ‘ड्रोन’को प्रयोग

  • नागरिक रैबार
मल र विषादी छर्न ‘ड्रोन’को प्रयोग

अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ। प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिवारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ।

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिइन्।

‘हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ’, उनले भनिन्, ‘यसले किसानलाई धेरै सहजता ल्याउँछ।’

विज्ञापन

ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्‍याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ। एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ। -रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै