होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा बैठकमा ओली अनुपस्थित, सञ्चालनको जिम्मा प्रचण्डलाई
Breaking News

नेकपा बैठकमा ओली अनुपस्थित, सञ्चालनको जिम्मा प्रचण्डलाई

  • नागरिक रैबार
नेकपा बैठकमा ओली अनुपस्थित, सञ्चालनको जिम्मा प्रचण्डलाई

१२ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् ।

बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरूका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।

बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरूलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरूले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ ।

विज्ञापन

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमै बसिरहेको छ।

दुई अध्यक्षबीचको सल्लाहअनुसार नै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपा स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।

बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरूले ओलीको राजीनामा माग्ने तयारी गरिरहेका छन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोचअनुसार नै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको आरोप अर्को पक्षले लगाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार