नागरिक रैबार/बाजुरा १३ जेठ। डिप्रोक्स लघुबित्त बित्तीय संस्था शाखा कार्यालय बाजुराद्धारा बडिमालिका नगरपालिकाका स्थानीय गरिव परिवारहरुका लागि राहत साम्रगी हस्तान्तरण गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत राहत साम्रगी हस्तान्तरण गरेको डिप्रोक्स लघुबित्तीय संस्था बाजुराका शाखा प्रमुख रामहरी पराजुलीले बताएका छन् ।
बडीमालिका नगरपालिका वडा ८ मा रहेका क्वारेन्टाइन ब्यबस्थापनका लागि भने सो साम्रगी हस्तान्तरण गरीएको बाजुरा शाखा प्रमुख पराजुलीले जानकारी दिएका छन् ।
कोरोना भाईरस कोभिड–१९ को कारण प्रभावित बनेका गरिव परिवारका लागि भन्दै उक्त राहत सामाग्री बडीमालिका नगरपालिका वडा ८ का वडा अध्यक्ष प्रकाश रावललाई हस्तान्तरण गरिएको हो ।
राहत साम्रगीमा चामल दाल तेल नुन गरी २० हजार बराबरको साम्रगी एक कार्यक्रमका बिच वडा न ८ कबा वडा अध्यक्ष प्रकाश रावललाई हस्तान्तरण गरीएको संस्थाका प्रमुख पराजुलीले जानकारी दिएका छन् ।
यता राहत साम्रगी बुझ्दै वडा अध्यक्ष प्रकाश रावलले नाफामुलक संस्था भए पनी मानबिय सेवामा लागेको संस्थालाई धन्यबाद समेत ब्यक्त गरेका छन् । संस्थाले जुन उदेस्यमा राहत दिएको छ सोही बमोजिम लाभ दिन सक्ने नागरिकलाई सो राहत बितरण गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु