होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन पत्रकार महासंघको आग्रह
समाचार

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन पत्रकार महासंघको आग्रह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन पत्रकार महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन पत्रकार महासंघको आग्रह नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराउएका र सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी दिए । उनले पत्रकार विष्टको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेको जानकारी दिए ।

शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएका महासचिव विष्टले बताए । उनले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासंघले भत्र्सना गर्ने बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै