नागरिक रैबार बाजुरा १२ माघ फियान नेपालकाे केन्द्रीय सदस्यमा नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष तथा अभियान्ता मदनराज जैशी चयन भएका छन् ।
विगत १६ बर्ष देखि अधिकारको क्षेत्रमा काम गर्दै आएका जैशीले खाद्य अधिकारका सवाल उठान गर्दै मार्तडीमा रहेकाे दलित वस्तिका घरहरू फुकुवा गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
बाजुरा जिल्लामा खाद्य अधिकारकाे क्षेत्रमा विभिन्न सवालहरू उठाउदै, खाद्य अधिकारका क्षेत्रमा निरन्तर अभियानमा लागेकाे भन्दै फियान नेपालकाे १२ आै साधारण सभाबाट जैशी केन्द्रीय सदस्यमा चयन भएका हुन् । केन्द्रीय सदस्यकाे जिम्मेवारी पाईसकेपछि जैशीले भने खाद्य अधिकारकै सवालमा निरन्तरर अभियानमा लाग्ने बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु