होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको प्रहरी हिरासत भित्रै कुटिए विक, अस्पतालमा उपचार हुँदै
समाचार

बाजुराको प्रहरी हिरासत भित्रै कुटिए विक, अस्पतालमा उपचार हुँदै

  • नागरिक रैबार
बाजुराको प्रहरी हिरासत भित्रै कुटिए विक, अस्पतालमा उपचार हुँदै

नागरिक रैबार/बाजुरा १० पुस। जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी हिरासत भित्र प्रहरीको कुटाईबाट शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ का २२ वर्षिया गोपाल विकको बाजुरा जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरी हिरासतमा २४ दिनदेखि रहेका विकलाई प्रहरीले हिरासत भित्र कुटपिट गरी शक्त घाईते बनाएको विककी आमा तुला चंदाराले बताएकि छन् । उनले भनिन् छोराले आफुले गरेको गल्ती स्वीकार गरेको भएपनि प्रहरीले शक्त घाईते बनाएपछि नाकबाट र मल्द्धवारबाट रगत आउने गरेको छ ।
No description available.

हिरासत भित्र प्रहरीको कुटाईबाट घाईते भएका विकका अनुसार आफु चोरी मुद्धामा बसेको भएपनि प्रहरीले हिरासतमा विभिन्न खालका यातनासहित अपशव्द बोल्दै आफुमाथि मरणासन्न हुने गरी कुटपिट गरेको बताएका छन् । आफु हिरासत भित्र बसिरहेको बेला प्रत्येक दिन आएर प्रहरीले आफुमाथि यातना दिने कुटपिट गर्ने गरेको बताए ।

विज्ञापन

No description available.

हिरासतमा रहेका विकलाई चोरी कसुरको मुद्धा लागेर गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको थियो । बाजुरा जिल्ला अदालतबाट विक विहिबार मात्र २४ दिनपछि २० हजार धरौटीमा छुटेका थिए । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदन जित महराले भने विकलाई हिरासत भित्र कुनैपनि किसिमको यातना र कुटपिट नगरेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै