काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली गोमन साँप जस्तै रहेको बताएका छन् । एमालेको आठौँ माहाधिवेशनमा आफू हारेपछि ओलीले प्रतिशोध, इगो र इख पालेको भन्दै त्यसै कारण नेताहरुमाथि रिसइवी देखाउने गरेको बताए । ‘तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको छ । अध्यक्षभन्दा माथि कोही नेता हुँदैन’, उनले दुवै अध्यक्ष प्रचण्ड र नेपाल बरावरी हैसियतामा रहेको पनि बताए । अध्यक्षकै जसरी महासचिव पनि छानिने खनालले बताए ।
नेता खनालले यसअघिको नेकपामा केपी ओलीले जवरजस्त एक नम्बर घोषणा गरेको भन्दै आउने महाधिवेशनसम्म २ अध्यक्ष रहने र महाधिवेसनपछि एउटै अध्यक्ष बन्ने जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु