होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसद विघटनबारे संवैधानिक इजलासमा सुनुवाइ हुदै
समाचार

संसद विघटनबारे संवैधानिक इजलासमा सुनुवाइ हुदै

  • नागरिक रैबार
संसद विघटनबारे संवैधानिक इजलासमा सुनुवाइ हुदै

१० पुस, काठमाडौं । सं‌सद विघटन गर्ने सरकारको कदमविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमथि सुनुवाई भइरहेको छ ।

शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखिरहेका छन् ।

अधिवक्ता सन्तोष भण्डारीसमेत, समृत खरेलसमेत, कञ्चनकृष्ण न्यौपाने, ज्ञानेन्द्रराज आरणसमेत, शालिकराम सापकोटासमेत, दिनेश त्रिपाठी, दीपक राईसमेत, अमिता गौतम पौडेलसमेत, लोकेन्द्रबहादुर ओलीसमेत, मणिराम उपाध्याय र तुलसी सिंखडाको रिटमा सुनुवाई भइरहेको छ ।

इजलासमा अधिवक्ता सन्तोष भण्डारीले बहस गरेका छन् :

संसद विघटन गर्नु तानाशाहीको पराकाष्ठा हो । यो केपी ओलीले मात्र ल्याएको लोकतन्त्र होइन । हठात मानसिकतामा आएको यो निर्णय दुर्भाग्यपूर्ण छ । ७ जना मन्त्रीले राजीनामा पनि दिइसक्नुभएको छ । हिजो एउटा अन्तर्वार्तामा उहाँले (प्रधानमन्त्रीले) प्रदेशसभा पनि विघटन गर्ने भन्नुभयो, यही हो लोकतन्त्रप्रतिको प्रतिवद्धता ? संविधानको पालना यही हो ? यो संविधानवादको घोर अपमान हो, यो दुर्भाग्यपूर्ण र तानाशाहीपूर्ण छ । राष्ट्रपतिको निर्णय पनि दुर्भाग्यपूर्ण हो । त्यसैले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन माग गर्दछु ।

अधिवक्ता रुद्र शर्मा

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन । प्रधानमन्त्री त संसदप्रति उत्तरदायी हुनुपर्छ ।

अधिवक्ता बद्री झा

यो विषय श्रीमानको संवैधानिक इजलासमा छ । यो ऐतिहासिक अवसर पनि हो, सरकारको निर्णयलाई सच्याउने । संविधानको धारा ७६ मा संसद विघटनको व्यवस्था छैन । संविधानमा संसदको ५ वर्ष कार्यकाल भनेको छ । हामीले संविधान नमान्ने ? त्यसो हो भने अहिले प्रदेश सरकार पनि विघटन हुन्छ ।

अधिवक्ता सरोज घिमिरे

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जुन दुई धारा उल्लेख गरिएको छ, त्यसको तादात्म्यता छैन । आफ्नो महत्वाकांक्षाका लागि संविधानलाई पूर्ण रुपमा बेवास्ता गरियो । संविधान र संसदप्रति प्रधानमन्त्री उत्तरदायी भएनन् । संसद विघटन गर्दा दिइएको आधार संविधानसम्मत छैन । सविधानले कल्पना नै नगरेको कुरालाई प्रधानमन्त्रीले उल्लेख गरेका छन्, यो असंवैधानिक छ । त्यसैले संसद विघटनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दछु ।

अधिवक्ता कुलबहादुर बोगटी

सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्था पनि छैन । फेरि बहुमतमा भएको सरकारलाई संसद विघटन गर्ने अधिकार छैन । संसदमा विश्वासको मत लिन सक्ने ठाउँ हुँदाहुँदै सरकार आफूले आत्महत्या गर्‍यो । ५ वर्षसम्म संविधानलाई दाँयाबाँया गर्ने अधिकार दिएको छैन ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल

संसदबाट वैकल्पिक सरकार बन्न सक्ने सम्भावना हुँदासम्म संसद विघटन हुन सक्दैन ।

वरिष्ठ अधिवक्ता गोविन्द बन्दी

सरकारको कदममा बदनियत देखिन्छ । ६ महिनासम्म नियमित अधिवेशन पनि बोलाइएन । जहिले पनि संसद भंगको सिफारिस गर्ने प्रधानमन्त्रीले साथमा राजीनामा पनि लिएर जान्छ । यो पटक चाहिँ त्यस्तो गरिएन । सरकारको वैशाखमा चुनाव गर्ने नियत देखिँदैन । यो रिटमाथि निरन्तर सुनुवाइको माग गर्दछु ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै