रामबहादुर विक/बाजुरा ९ असोज। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं २ बाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । वडा नं २ की २१ बर्षिया केशपुरा सार्कीलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको जगनाथ गाँउपालिकाका प्रवक्ता डवल बहादुर बिकले बताउनु भएको छ ।
गर्भवती सार्की घरमा सूत्केरी हुन नसकेपछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन ल्याईको थियो । गर्भवती सार्कीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पनी सुत्केरी गराउन सम्भव नभएपछि उनलाइ हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको जगनाथ गाँउपालिका वडा नं १ की अनमी दिव्यश्वरी विकले बताउनु भएको छ ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसकेपछी जिल्ला प्रशासन कार्यालय बाजुराको समन्य र गाँउपालिको पहलमा गर्भवती महिलालाई उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता विकले जानकारी दिनुभएको छ । गर्भवती महिलालाई राष्टपती महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु