होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चीनका राष्ट्रपति शी जिनपिङको चेतावनी: मुश्किल समय आउनसक्छ
समाचार

चीनका राष्ट्रपति शी जिनपिङको चेतावनी: मुश्किल समय आउनसक्छ

  • नागरिक रैबार
चीनका राष्ट्रपति शी जिनपिङको चेतावनी: मुश्किल समय आउनसक्छ

चिनियाँ राष्ट्रपति शी जिनपिङले संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था मुश्किलसहितको परिवर्तनसँग गुज्रिरहेको र यसले बाहिरी बजारमा जोखिम बढाइरहेको बताएका छन् ।

उनले नीति निर्माताको वृद्धि दर बढाइरहनका लागि घरेलु मागमा आफ्नो विश्वास बढाउनुपर्ने बताएका छन् । सोमबार शी जिनपिङको अध्यक्षतामा आयोजना भएको एक सेमिनारले उनले सो कुरा बताएका हुन् ।

यो सेमिनारमा नीति सल्लाहकार र सरकारका अर्थशास्त्रीहरुको पनि सहभागिता थियो । यसमा दीर्घकालीन आर्थिक प्रवृत्तिमा १४ औं पञ्च वर्षीय योजनाको चर्चा भयो ।

विज्ञापन

अर्को वर्ष वार्षिक संसदीय बैठकमा पञ्च वर्षीय आर्थिक योजनाको यो ब्लूप्रिन्ट पेश गर्ने अनुमान गरिएको छ ।

जिनपिङले समस्याले भरिएको यो परिवर्तनका लागि तयार रहनका लागि सल्लाह दिँदै कोरोनाभाइरसका कारण संसारमा संरक्षणवादले प्रोत्साहन पाइरहेको र यसले अर्थ व्यवस्थालाई नराम्रोसँग प्रभावित पारेर आपूर्ति चेन टुटाएको बताएका छन् ।

चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले जिनपिङलाई उद्धृत गर्दै लेखेको छ, ‘अबको समयमा हामीले धेरैभन्दा धेरै विपरित परिस्थितीको सामना गर्नुपर्ने हुन्छ र हामीले नयाँ जोखिम र चुनौतीको सामना गर्नका लागि तयार रहनुपर्छ ।’

उनले अमेरिका र चीनबीच बढ्दो तनावको कुरा नगरिकनै चीन अमेरिकासँग मतभेद सुल्झाउनका लागि इच्छुक भएको इशारा गरेका छन् ।

उनले भने, ‘हामीले सबै देशसँग सक्रिय रुपमा सहयोग गर्नुपर्छ जसले हामीलाई सहयोग गर्न तयार हुन्छन् । संयुक्त राज्य अमेरिकाका राज्य र उद्यमीसँग पनि ।’

संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो दुई वर्षदेखि तनावपूर्ण सम्बन्ध छ । यी दुई महाशक्तिबीच तनावपूर्ण सम्बन्धको असर अन्य देशमा पनि परेको छ ।

अमेरिकाले हङ्गकङमा सुरक्षा कारवाहीसँग जोडिएका सुरक्षा कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाइदिएको छ ।

यसबाहेक अमेरिकाले चिनियाँ भिडियो एप टिकटकमाथि पनि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले ह्यूस्टनमा हालै चीनको वाणिज्य दूतावास पनि बन्द गरेको छ ।

शी जिनपिङले आफ्नो सम्बोधनमा प्रविधिको नयाँ प्रारुपमा जोड दिनुपर्ने बेला आएको पनि बताएका छन् ।

उनले चीनले प्राविधिक क्षेत्रमा चाँडोभन्दा चाँडो सफलता हासिल गर्नुपर्ने बताए ।

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार