होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिम लगायत देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने
Breaking News

सुदूरपश्चिम लगायत देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिम लगायत देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्।

महाशाखाका अनुसार सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने देखिएको छ। मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले कम पानी परेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार