सामाजिक पक्षका विभिन्न संरचनामा बहुलता समाजिक पदार्थ गतिको सामाजिक रुप हो। यसका दुई पक्ष हुन्छन् ।आधार र संरचना।समाजको आघार संरचना हो भने, अर्थतन्त्र को आधार अनुरुप राजनीतिक ,सामाजिक ,संस्कृतिक एबम बैचारिक सम्बन्ध हरुको एकमुष्ट योग भनेको संरचना हो।
संरचना को रुप वा विभिन्न पक्ष मा बहुरुप वा बहुलता हुन्छ।केही उदाहरण हेरौ,अस्थित्व का निम्ति संघर्ष का रुपमा हरेक जीव ले संघर्ष गरिरहेका हुन्छन्।मानिस सामाजिक प्रणी भनिन्छ।उसले आफ्नो अस्थित्व रक्षा आबशेकता पुर्ति,अधिकार प्राप्ति का लागि अनेकौं संघर्ष गरिरहेको हुन्छ।तेस्तै संघर्ष हरु मध्य प्रमुख संघर्ष हरु १(उत्पादनमूलक संघर्ष २(बैज्ञानिक तथा खोज मुलक संघर्ष ३(बर्ग संघर्ष मानिसले मानव जीवन निर्बाह गर्न का निम्ति आबश्यक पर्ने भौतिक संघर्ष एबम बस्तु हरु को उत्पान गर्ने सिलसिला मा जुन संघर्ष गर्दछ यो नै उत्पादनमूलक संघर्ष हो।
आफ्नो अस्थित्व र मानव बिकास का लागि जुन परिश्रम र मिहिनेत गर्दछ त्यो नै उत्पादनमुलक संघर्ष हो।मानिस ले कम श्रम र बढी लाभ लिने बनाउछ,उसले आफ्ना श्रम का औजार लाई परिमार्जित गर्ने देखि लिएर नयाँ नयाँ विधि र प्रबिधि को खोजि गर्ने कार्य।नयाँ खोज प्रबिधि आविश्कार का निमित्त उस ले निरन्तर रुपमा संघर्ष गर्दै आएको छ भने तेहि संघर्ष लाई बैज्ञानिक प्रयोग को संघर्ष भनिन्छ।बर्गिय समाजमा आआफ्नै हक हित र स्वार्थ का सवाल हुन्छन।ती सवाल हरुमा बर्ग हरु बिच द्वन्द चल्दछ।
तेहि द्वन्द्व लाई बर्गिय संघर्ष भनिन्छ ।बर्गिय संघर्ष अनेक रुपमा चल्दछ।बर्ग संघर्ष का रुपको निर्घारण त्तकालिन बिधमान परिबेस वा अबस्था तथा सम्बन्धित बर्ग हरु बिच को शक्ति सन्तुलन ले गर्दछ।यस प्रकार मानिस ले आफ्नो अस्थित्व र बिकास, हक, हित रअधिकार का निमित्त संचालन गर्ने संघर्ष का अनेकौं रुपहरु हुन्छन।
कुनै एक मात्र संघर्ष ले समाज चल्न सक्दैन ।बर्गिय समाज मा बर्ग संघर्ष पनि चल्दछन।भने उत्पादन संघर्ष र बैज्ञानिक संघर्ष त बर्ग बिहिन समाजमा चल्दछन।यश बाट प्रष्ट हुन्छ कि अस्थित्व का निमित्त गरिने संघर्ष का बहुरुप हुन्छन र संघर्षका रुपमा बहुलता हुन्छ अन्तर बिरोध का रुपमा बहुलता समाजमा अन्तर बिरोध का अनेकौं रुपहरु हुन्छन् ।जस्तै प्रधान अन्तरबिरोध,आधारभुत अन्तरबिरोध,गौण अन्तरबिरोध,आन्तरिक अन्तरबिरोध,बाहिय अन्तरबिरोध,मित्रता पुणर् अन्तरबिरोध,सत्रुतापूणर् अन्तरबिरोध आदि।
एक थरि अन्तरबिरोध हरु तेस्ता हुन्छन् जसले कुनै पनि बस्तु तथा घटनामा आधारभुत तहको संरचना निर्माण गर्न सक्दछ।यस्ता अन्तरबिरोध लाई आधार्भुत अनतरबिरोध भनिन्छ।आधारभुत अन्तर बिरोभ भित्र पनि सबैभन्दा निणायक भुमिका खेल्नेमा प्रधान अन्तरबिरोध मानिन्छ र विभिन्न बस्तु, धटना,संस्थामुलक सिद्धान्त,बिचार बिचका अन्तर बिरोध बाहिय अन्तरबिरोघ हुन अन्तर बिरोध का रुपमा बहुलता हुन्छ ।
समाजबादि समाजमा समेत विभिन्न प्रकारका अन्तरबिरोध हन्छन एउटै उत्पादन प्रणाली का रुपमा बहुलता हुन्छ।जस्तै स्पुर्बि युरोप समाजबादि प्रजातन्त्र,चिनमा नयाजनबाद,भेयतनाम मा जनताको जनबाद,कोरियामा राष्ट्रिय बिचार धारामा आधारित जनबात आदि सबै अन्तरबिरोध कै पर्याय हुन।
यसरी एउटा सार भयका राज्यसत्ता का अनेकौं रुप देखियको पनि बहुलता नै हो।राजनीति मा दुई ओटा बहुदलीय प्रणाली हुन्छन् ।जस्तै सयोगात्मक बहुदलीय प्रणाली तथा अर्को प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली ।सहयोगात्मक बहुलबाद मा एउटा मुख्य पार्टी हुन्छ उसको आफ्नै भिजन अनुसार अगाडि बढ्छ।
यसको बिकल्प मा अरु पार्टी ले हस्तक्षप गर्ने ठाउँ हुदैन र प्रतिस्पर्धात्मक बहुलबाद मा पार्टी ले प्रतिस्पर्धा को माध्याम बाट आफ्नो बिचार ,सिद्धान्त ,आईडोलोजी तथा बिकल्प प्रस्तुत गर्न सक्छ।हाम्रो जस्तो मुलुक मा विभिन्न किसिम का जातजाति,संस्कृति,भाषा भाषि भयको ठाउँ मा प्रतिस्पर्धात्मक बहुलबाद उपयुक्त छ।यो बेबस्था नै जनताको बहुदलीय जनबाद ले नै निर्दिष्ट गरेको छ।
बहुजाती बहुभाषिक,बहुधार्मिक आदि भएको समाजमा बिचार र संस्कृति को बहुलता हुन्छ भन्ने यथार्थ लाई सुइकार्नु पर्छ। जनताको बहुदलिय जनबाद ले तेहि बास्तबिकता लाई सुइकार गर्छ।समाजमा बिचार र संस्कृति को बहुलता हुन्छ भन्ने मान्यता अगाडि सारेको छ।सिद्धान्त कार्यान्वयनमा नि बहलबादको तात्वहिक भिन्नता देखिन्छ।
जसलाई बुझाइ ,भोगाइ आदि का आधारमा कार्यान्वयन गर्न सकिन्छ।जस्तैः उदाहरणका का लागि माक्र्सवाद कार्यन्वयन का लागि अनेक किसीमका बिचार कार्यक्रम र निति अबलम्ब गरेको हामी पाउछौ।जस्तो कि कृषिक्रान्ति का बेला दुई कार्यनीति देखा परेका थिय र तिनी हरु का बिच प्रतिस्पर्धा भएको थियो।
चिनियाँ क्रान्ति का बेला पनि विभिन्न कार्यक्रमिक र कार्यनीतिक मान्यता प्रकट भयका थिय। एउटा मान्यता थियो कि चिनको क्रान्ति रुष को अक्टोबर क्रान्ति जस्तै हुन्छ भन्ने थियो भने अर्को मान्यता रुषि अक्टोबर क्रान्ति भन्दा भिन्न हुन्छ भन्ने थियो।ससस्त्र संघर्ष को कार्यनीति कि सान्तिपुणर् संघर्ष को कार्यनीति भन्ने मा ऐले पनि कमिस्ट आन्दोलन भित्र चर्को मतभेद र गम्भीर बहस जारी छ।ससस्त्र संघर्ष गर्ने हरु भित्र पनि दिर्घकालिन गुरिल्ला युद्ध को बाटो कि ससस्त्र आमबिद्रोह को बाटो मा मतभेद छ।माक्र्सबाद लाई आफ्नो मार्ग निर्देसक सिद्धान्त मान्ने र तेसै लाई आफ्नो मुलुक मा कार्यान्वयन गर्छु भन्ने थुप्रै कमिस्ट पार्टी हरु थप्रै मुलुकमा कार्यरत छन।यी सबै बृतान्त बाट सिद्धान्त कार्यान्वयनमा बहुलता हन्छ भन्न सकिन्छ ।
जनताको बहुदलिय जनबादले प्रत्येक ब्यक्ति लाई जनता र राष्ट्रका निमित्त साेच्ने बोल्ने र आफ्ना अनुभुति अभिब्यक्त गर्ने स्वतन्त्रता हुनु पर्छ। यो स्वभाबिक र प्रकृति संगत कुरा हो।विभिन्न ब्यक्ति,पार्टी राष्ट्र अथवा जुनसुकै क्षेत्र को बारेमा आफुलाई लागेका कुरा बोल्न पाउनु पर्छ यो कुरा जबज ले निर्दिष्ट गर्छ।संविधान ले निर्दिष्ट गरेका सम्पूणर् कुराहरु लाई मध्यनजर गर्दै अधिकार को प्रत्याभूति गराउन बिश्वसनिय भुमिका खेल्छ।
र समाजमा रहेका विभिन्न किसिम का बिभिधता लाई सतहिमा बैचारिक बहस बाट हल गर्नु पर्छ।समाजको खुल्ला पन लाई आत्मसम्मान पुर्बक बिचार को बारे बहस गर्ने ठाउँ मा हनु पर्छ।खुल्ला समाजको अबधारणा लाई अबलम्ब गर्नु पर्छ।माक्र्सवाद,लेलिनबाद,माओ का बिचार धारा लाई बैज्ञानिक तबरबाट सिद्धान्त परक रुपमा प्रस्तुत हुने माध्यम नै जबज हो।
अबको संयुक्त नेकपा पार्टी ले पनि जबज लाई पार्टी को मुलभुत मार्गनिर्देशक सिद्धान्त का रुपमा अंगिकार गर्नु पर्छ।नेपाली समाज यहाँ को भुगोल,चेतनास्थर मा महत्त्वपूणर् भुमिका जबजले नै खेल्न सक्छ ।यश ले बैज्ञानिक समाज निर्माण गर्न एक सम्बाहक हुन सक्छ।बिकास तथा समृद्धि को सबाल मा अतुलनीय भुमिका खेल्न सक्छ।यी र यस्ता याबत सम्भाबना को सम्बाहक जबज नै हो।जननेता मदन भण्डारी को बिचार लाई मुर्तरुप दिन नेकपा सिंगो पार्टी कमिटी लाग्नु पर्छ।
धन्यवाद
लेखक कार्की बुढीनन्दा नगरपालिका १ पिपलडालीका हुन् उनी हाल काठमाण्डौंमा छन् ।
फेसबुक प्रतिक्रियाहरु