कोराना भाइरस (कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ। यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ।
तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ। गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास रिझेको पाइएको हो। जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकहरूको भनाइ छ।
गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्र्तगत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए। उनका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ। रासस
फेसबुक प्रतिक्रियाहरु