नागरिक रैबार/बाजुरा ११ माघ। रोजगारीको शिलसिलामा लामो समय भारतको मुम्वईमा बसेर घर फर्केका बुढीनन्दा नगरपालिका ९ गुइदेलीका पुरन लवार घर नपुग्दै विच बाटोमा मृत अवस्थामा भेटिएका छन् ।
शनिबार विहान बडीमालिका र बुढीनन्दा नगरपालिकाको बीचमा रहेको पोरखे लेखको हिउँमा उनी मृत अवस्थामा भेटिएका हुन् । भारतको मुम्बईमा काम गरेर घर फर्किएका लवारको लल्लरे खोलामा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् ।
मृतको शवको पहिचान भएपनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराई घटनास्थल तर्फ गईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
लवार आफ्नो परिवारको जोहो गर्नका लागि रोजगारीको शिलशिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए । मृत्युको कारण बारे आधिकारीक जानकारी प्राप्त नभएपनि चिसोका कारणले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
यता मृतक लवारका आफन्तहरुले भने ३ दिन पहिले मार्तडी पुगेको खवर पाएको र त्यो भन्दा पछि कुनै जानकारी नभएको बताउँदै आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु