होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य
स्वास्थ्य-जीवनशैली

कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

  • नागरिक रैबार
कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

चीनका एक वैज्ञानिकमाथि अपुष्ट आरोप लागेको छ कि, कोरोना भाइरस उनको ल्याबबाट फैलिएको हो । अब उनी यो आरोप परीक्षण गर्नका लागि तयार छन् ।

प्रोफेसर शी जेंग्लीका अनुसार उनले यो आरोप जाँच गर्नका लागि ‘जो कोहीलाई पनि त्यहाँ जाने अनुमति’ दिन मञ्जुर छन् ।

प्रोफेसर जेग्लीको आश्चर्यजनक भनाई यस्तो समयमा आएको छ कि जब विश्व स्वास्थ्य संगठनका टिम आगमी महिना परीक्षणका लागि वुहान जाने तयारी गरिरहेका छन् ।

विज्ञापन

चिनिया टोलीले बिबिसीको पिछा गयो

चीनका दक्षिण–पश्चिम प्रान्त युनानस्थित सुदूर जिल्ला टांग्वानसम्म पुग्न त्यसैपनि सहज छैन । यद्यपि जब बिबिसीको एक टोली त्यहाँ जाने जुन प्रयास गरिरहेको थियो, त्यो संभव थिएन ।

साधारण गाडीमा सादा कपडा लगाएका प्रहरी र अन्य अधिकारीले हाम्रो टिमलाई पिछा गरिरहेको थियो । अन्ततः हामीलाई त्यहाँबाट फर्कनका लागि बाध्य गरियो । हाम्रो बाटोमा त्यस्ता धेरै अवरोध थियो । जस्तो कि, सडकमा थोत्रो ट्रक पनि तेस्र्याइएको थियो । स्थानियका अनुसार उक्त ट्रक हामी जानुअघि मात्र सडकमा राखिएको थियो ।

चेक प्वाइन्टमा केही अज्ञात व्यक्ति भेटिए, जसको काम हामीलाई त्यहाँबाट टाढा राख्नु थियो ।

पहिलो नजरमा लाग्यो कि यी सबै हामीलाई आफ्नो गन्तव्यसम्म पुग्न नदिनका लागि प्रयास गरिरहेका छन् । हामीलाई एक सुनसान तामाको सुरुंगमा पुग्नुथियो, जहाँ सन् २०१२ मा छ मजदुर एक रहस्यमय रोगका शिकार भएका थिए । सोही रोगले तीन जनाको ज्यान गएको थियो ।

तर, त्यसबखत मजदुरले जुन बिरामी र मृत्युको त्रास बिर्सिए, त्यसलाई अहिले कोरोना भाइरस महामारीले एक नयाँ अर्थ दिएको छ ।

उक्त तीन मजदुरको मृत्युलाई कोरोना भाइरसको उत्पतीसँग जोडेर ठूल ठूला वैज्ञानिक विवादको केन्द्रमा छन् । अहिले यो प्रश्न पनि रहस्यमय बन्दैछ कि, कोरोना भाइरस वास्तमै प्राकृतिक हो वा कुनै ल्याबमा बनाइएको ?

चीनले बिबिसीको टोलीलाई किन रोक्यो ?

चीनका अधिकारीहरुले हामीलाई त्यहाँसम्म यसकारण पनि अवरोध गरेको हुनुपर्छ कि, उक्त रहस्यमयी सुरुंगको कथा उनी आफ्नो हिसाबले दुनियाँलाई सुनाउन सकोस् ।

चीनको युनान प्रान्तमा पहाडले ढाकेको जंगल र गुफा पछिल्लो एक दशकअघिदेखि वैज्ञानिक शोधका लागि आकर्षकको केन्द्र रहँदै आएको छ । यस शोधको नेतृत्व वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका प्रोफेसर शी जेग्लीले गर्दैछन् ।

प्रोफेसर जेग्लीलाई सन् २००३ मा त्यसबेला अन्तर्राष्ट्रिय ख्याती मिलेको थियो, जब उनले सार्स नामक रोग पत्ता लगाए । भाइरसबाट फैलिएको यो संक्रमणले ७ सय भन्दा बढीको ज्यान लिएको थियो । यो भाइरस संभवत युनान प्रान्तको गुफामा पाइने चमेराको एक प्रजातिबाट निस्किएको थियो ।

सार्स भाइरसको खोजपछि प्रोफेसर जेग्लीलाई ‘ब्याटवुमन अफ चाइना’ उपमा दिइयो । उनी एक परियोजनाको अगुवाई गरिरहेका छन्, जो यस्तै रोग पत्ता लगाउन र त्यसको भविष्यवाणीसँग जोडिएको छ । त्यहीबेलादेखि प्रोफेसर जेग्लीको समूहले चमेराको नमुना लिएर वुहानको ल्यावमा त्यसबाट निस्कने भाइरसबारे अनुसन्धान गरिरहेका छन् ।

यद्यपि एउटा सत्य के पनि हो भने कोरोना भाइरस महामारी सबैभन्दा पहिला वुहानमा फैलिएको थियो । यसकारण के आशंका गर्ने ठाउँ छ भने यी दुबैबीच कुनै न कुनै सम्बन्ध जोडिएको पो छ कि ?

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट जब फोन आयो

प्रोफेसर जेग्लीले यस आशंकालाई खारेज गरिदिएका छन् । जब विश्व स्वास्थ्य संगठनका अधिकारी जनवरीमा वुहान जानेवाला थिए, प्रोफेसर जेग्लीले बिबिसीको केही प्रश्नको उत्तर इमेलमार्फत पठाए ।

प्रोफेसर जेग्लीका अनुसार उनले विश्व स्वास्थ्य संगठनसँग दुई पटक कुरा गरिसकेका छन् । उनले आफ्नो जवाफमा लेखेकमा छन्, ‘मैले उनीहरुलाई भनेको छु कि उनीहरु यहाँ आउन चाहन्छ भने स्वागत छ ।’

बिबिसीले प्रोफेसर जेग्लीसँग सोध्यो कि किन उनी आफ्नोतर्फबाट ल्याव जाँचका लागि निम्तो गरिरहेका छन् र त्यहाँको डेटा साझेदार गर्न खोज्दैछन् ?

यसमा उनको जावाफ यस्तो थियो, ‘म व्यक्तिगत रुपले खुला, पारदर्शी, भरपर्दो, विश्वसनिय र उचित संवादको आधारमा यात्रका लागि कुनैपनि रुपले स्वागत गर्छु तर यो योजना मैले तय गरेको होइन ।’

पछि बिबिसीलाई वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रेस कार्यलयबाट एक फोन आयो, जसमा भनिएको थियो कि प्रोफेसर जेग्ली व्यक्तिगत क्षमतामा बोल्दै थिए र उनको यो कुराहरु इन्स्टिच्युटका आधिकारिक भनाई होइन ।

वुहान इन्स्टिच्युटले बिबिसीको यस लेख छाप्नुअघि एक प्रति उनीहरुलाई पठाउनका लागि पनि अनुरोध गरे, जसलाई बिबिसीले अस्विकार गरिदियो ।

बिबिसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार