होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोरोनाको कहरसंग यसरी सामना गर्नु परेको छ !
स्वास्थ्य-जीवनशैली

कोरोनाको कहरसंग यसरी सामना गर्नु परेको छ !

  • नागरिक रैबार
कोरोनाको कहरसंग यसरी सामना गर्नु परेको छ !

मेरो मनमा त्रिपक्षिय द्धन्द भइरहेको छ । एक मनले भन्छ केही कुरा लेख । अर्को मनले भन्छ तैँले केही लेखे पनि तेरो कुरा कसले सुन्छ ? फेरि अर्को मनले भन्छ तैँले नलेखे अरु कस्ले लेख्छ ? शिक्षित हुनुको फरक यति मात्र त हो नि । मैले केही कुरा लेखेर आउने दिनमा मेरो जस्तै समस्या बेहोर्नु पर्ने कसैलाइ नहोस !

“कोराना” शब्द मात्र ३ ओटा अक्षर मिलेर बनेको एउटा भाईरस हो । यो शब्द कसले राखेको होला कसरी थाहा भयो होला ? आफैलाइ कति बेला एक्लै बसेको बेला गहन तरिकाले सोच्ने गर्छु । जब आज आफैले अनुभुती गरिरहेको बेला बल्ल थाहा भयो कि यो कोरोना भाइरस कति खतरनाक रहेछ ।

आज मैले एक पटक आफैसित प्रतिप्रशन गरिरहेको छु । म अरुलाई कोरोना नै छैन नाटक हो भन्ने मान्छे जब आफै स्वयम कोरोनाको संक्रमणकोमा परिसकेपछि बल्ल थाहा भो कि कति खतरनाक भाइरस हो भन्ने । “आफू नमरी स्वर्ग देखिदैन” भन्ने शब्दलाई मनमनै जपेँ ।
त्यो खतरनाक दिन बिहान ६ बजे उठँ।

विज्ञापन

फ्रेस हुँदा घडीमा बिहानको ठिक ७ बजिसकेको थियो म हतारमा हातमा ब्यानर र पिठ्युँमा झोला बोक्दै सदरमुकाम मार्तडीको रोयल होटेल तिर लागे । त्यहाँ पुग्दा सबै साथीहरू यताउताबाट जम्मा भइसकेका थिए । करिब ८ बजे तिर सबै साथीहरुले खाजा खाए । लगभग ८ः३० बजे तिर कार्यक्रम सुरु भयो । कार्यक्रमको उद्घाटन म आफैले नै गरिरहेको थिए ।

समय बित्दै गयो करिब साँँझको ४ बजेर ५ मिनेट भएको थियो । मेरो मोबाईलमा फोन आएको रहेछ तर म प्रस्तुति गरिरहेको हुनाले मेरो मोबाईल साइलेन्टमा थियो । एकछिन पछि समय हेरौँ भनेको त दुईवटा फोन आएको देखेँ । हतार-हतार हेरेको त बडिमालिका नगरपालिकाका स्वास्थ्य सँयोजक टेक बहादुर खड्का सरको फोन रहेछ ।

अरु सबै सरहरुलाई पनि भनियो तर सबैलाई शंका लागिसकेको थियो । किनकि मलाई ४ र ५ दिन देखि ज्वरो र खोकी लागेको कारणले पनि सजिलैसँग शंका मनमा लिएँ । त्यसपछि सबै सरहरुको अनुरोधले फेरि रिडायल गरँे । फोन पनि रिसिभ भयो कोरोना पोजिटिभ भयो भन्ने निरासाजनक खबर प्राप्त भयो ।

एकछिन पछि माहोल तात्यो, हल्लाखल्लापछी कार्यक्रम फेरि संचालन भयो तर केही मिनेट अगाडिको जस्तो माहोल थिएन, मलाई अब अरु भन्दा छुट्टै बस्नको लागि सबैले अनुरोध गरिसकेका थिए । म छुट्टै कुर्सी लिएर बसेँ पनि । मनमा धेरै कुरा खेल्न थालिरहेको थियो । कहाँ बस्ने होला ? कसरी बस्ने होला ? किन भने म अरु जस्तै सामान्य अवस्थामा थिईन् । मलाई सबै लक्षण देखिसकेको थियो । त्यसैले पनि आफैलाई डर लागिरहेको थियो, कार्यक्रम सकियो त्यति बेलासम्म साँझको ५ बजिसकेको थियो मलाइ एउटै चिन्ता थियो कहाँ अनि कसरी बस्ने होला ?

त्यसपछि मैले सबै ठाउँमा फोन लगाएँ, तर कसैले पनि केही समाधानको उपाय दिएनन् । स्थानीय सरकारले र प्रशासनले कतै व्यवस्था मिलाइ हाल्छकी भनेर म बस्ने घरबेटीले पनि कोठामा आउन दिएको छैन भनेर झुट सम्म बोल्दा पनि यो स्थानीय सरकारले नसुने जस्तै गर्यो । मोबाइलको चार्ज पनि सकिनै लागेको थियो आफू बसेको कोठामा आएँ र घरबेटीलाइ फोन गरेँ अनि समस्या बताएँ ।

उहाँले किन चिन्ता मान्नु भएको सर मरे पनि मरौली यतै बस्नुस् भने पछि मेरा आँखाबाट ३ थोपा आँसु झरे, कति जिम्मेवार उत्तर पाँए । त्यसपछि आफैले आफैलाई बिस्तारै सम्हालेँ । फेरी आफैले आफैलाई प्रश्न गरेँ, के म यो देशको नागरिक होइन ? के म यो बाजुरा जिल्लाको नागरिक होइन ? के यो स्थानीय सरकारसंग मानवीयता कत्ति पनि छैन र ? म हाल जहाँ बसे पनि खास यो बाजुराकै बासिँन्दा हुँ, यदि यो सरकारलाई शंका लाग्छ भने बाजुराका हरेक भिर-पाखा, डाँडा-काँडा, पानी-पधेरा,े ढुङ्गा-माटो सबैले मेरो पहिलो रुवाई सुनेको छ र साक्षी पनि छ ।

कति गैरजिम्मेवारी भएको ? कति मानवअधिकार हनन् गरेको ? मलाइ त अचम्मै लाग्यो, म किन के का लागि कर तिर्छु ? मासिक ३-४ हजारका दरले ? जब मलाई नै यो सरकारले सुरक्षा गर्न सक्दैन भने कर तिर्नु पर्ने औचित्य छैन जस्तो पनि लाग्यो ।तपाईंहरुले खरबौको लगानीमा बनाएका भवनको के महत्व, एउटा मान्छेलाइ आइशोलेशनमाा बस्ने व्यवस्था गर्न सकिँदैन भने ती भवन भत्काउँदा भैगो नी ।

यदि अहिले मेरो ठाउँमा तिमिहरुका छोरा नाति छन् भने क गथ्र्यौ ? हुन त करोडौंका भवन भित्र सिटामोल नपाइने देशको नागरिक हुँ म, अरु देशमा टिनकै टहरा बनाएको भए पनि नागरिकले पाउने सम्पुणर् सेवा सुबिधा उपलब्ध गराएका हुन्छन् ।

म जस्तो शिक्षित मान्छेको कुरा त नसुन्ने स्थानीय सरकार र प्रशासनले अरु दुर दराजका गरिब मान्छेहरु कोरोनाकै कारणले मरे पनि कसरी सुन्ला ? अनि गरिबका छोराहरु पढ्ने विद्यालय जति बेला मन लाग्यो त्यति बेला बन्द गर्ने यो प्रशासन आफ्नो जिम्मेवारी किन भुल्दैछ ? जबकी एउटा कोरोना सक्रमितलाई आइसोलेसनमा राख्ने हैसियत नै नभएको प्रशासनलाई विद्यालय धमाधम बन्द गर्ने जिम्मेवारी कहाँबाट कसरी आउँछ ? ए प्रशासन कोरोना सक्रमितहरुलाई व्यवस्थापन गर्न लाग किनभने यहाँ सबैको बाँच्ने अधिकार छ ।

म त झन लक्षण सहितको कोरोना संक्रमीत मान्छे हुँ । प्रशासनको मातहतमा रहेका हामीले तिरेको कर खाएर जुका मोटाए जस्ता डाक्टरहरुले कति पटक चेकजाँच गरे केही जानकारी छ ? कति गैरजिम्मेवार र लाचार भएको छि हाम्रो सरकार म जस्तै अरु गरिब नागरिकहरुले अबको दिनमा यसरी हरेक क्षण-क्षण मर्नु नपरोस् है मेरो सरकार ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै