होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • आर्थिक अभाव हुँदा ४ बर्ष देखि ओछ्यानमै छन् मार्तडीका लाल चँदारा
Breaking News

आर्थिक अभाव हुँदा ४ बर्ष देखि ओछ्यानमै छन् मार्तडीका लाल चँदारा

  • नागरिक रैबार
आर्थिक अभाव हुँदा ४ बर्ष देखि ओछ्यानमै छन् मार्तडीका लाल चँदारा

नागरिक रैबार/बाजुरा ८ भदाै। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा न ९ गैरीबजारका लाल बहादुर चँदारा ४ बर्षदेखी ओछ्यानमै थला परेका छन । उनी घरबाट बाहिर ननिस्केका ४ बर्ष पुरा भयो । कामको शिलशिलामा भारत गएका उनी २०७२ साल चैत्र २० गते मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए । उनको नयाँ दिल्ली स्थीत जयप्रकाश ट्रमा सेन्टरमा उपचार गरे तर उनको उपचार अझै सम्भव भएको छैन उनका बुवा परे चदाराले बताए ।

उपचारका लागि उनको परिवारले घर बैकंमा धितो राखे खेतबारी सबै बेचीसकेँ अझै उपचार हुन सम्भव हुन नसकेको उनका बुवा जया चदाराले बताए । लाल बहादुर चदाराको दाँया तिरको कुनै अंग चल्दैन चर्पीमा पनी कसैको साहारामा मात्रै लिनुपर्छ उनका बुवा परे चँदारा बताउँछन ।

यही असारको महिनामा अपरेशन गर्न र औसधी लिन आउन अस्पतालले भनेको भए पनी कोरोना संकक्रमणका कारण लगडाउन गरिएकोले जान सकिएन बुवा परे चदाराले बताए ।उनलाइ नियमित औषधी खुवानु पर्ने त्यो पनी सकिएकोले ४ दिन भयो उनलाइ समस्या भएको पारिवारीक श्रोतले जनाएको छ । उनलाई ४ दिन देखी औषधी  सकिएकोले जटिल बन्दै गएको आफन्त बताएका छन ।

विज्ञापन

चँदाराको उपचारका लागि हाल सम्म ३० लाख खर्च भइसकेको र शल्यकृयाका लागि २७ लाख लाग्ने अस्पतालले बताएको छ।उनका बुबा साल्ट टेड्रिगँमा सामान्य क्रमचारीको रुपमा रहेका छन । उनको तलवले नपुग्ने भए पछि घर बैकंमा धितो राखेको र खेतबारी सबै बिक्री गरीसकेकोले उनको उपचार शल्यक्रृया समेत समस्या भएको छ।

उनको उपचारका लागि घर छिमेकीहरुले पनी धेरै सहयोग गरिसके अब कुनै ठाउँमा पनी रिण काड्ने ठाउँ नै छैन छोरोलाइ बचाउन सके मात्रै भइहाल्थ्यो उनका बुवा परे चदारा बताउछन । उनको उपचार भारतको नयाँदिल्ली स्थित जय प्रकाश ट्रमा सेन्टर भन्दा बाहेक अर्को अस्पतालमा नहुने भए पछि उनको परिवारलाई निकै समस्या भएको उनको परिवारीक श्रोतले जनाएको छ ।

भारतको अस्पतालबाट ल्याएको औषधी सकियो जिल्ला अस्पताल बाजुरामा लियौँ त्यहाँ उसले खाने औषधी नपाइएको उनका बुवा परे चदाराले बताए । कोरोना संक्रमणले गर्दा गरिएको लकडाउन थपिदै गएको र औषधी पनी सकियो लाल बहादुरको मरणको दोसाधमा रहेको बुवा परे चदाराले बताए । उनले आफन्त र सहयोगीहरुलाई सहयोग गर्न समेत अनुरोध गरेका छन । सहयोग भए आफ्नो छोरो बाँच्न सक्ने उनका बुवा परे चदारा बताउँछन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार