होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह
समाचार

संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

  • नागरिक रैबार
संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड– १९) को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड– १९ को संक्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

महामारीको संक्रमणबाट जोगिन आफ्नो स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासङ्घले सबै सञ्चारकर्मीलाई अपिलसमेत गरेको छ । सञ्चार प्रतिष्ठानले पनि अति आवश्यकबाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने संचारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ ।

विज्ञापन

विश्वव्यापी रुपया फैलिएको कोभिड- १९ को संक्रमण पछिल्ला दिनमा नेपालमा पनि तीव्र गतिमा फैलिँदै गइरहेको उल्लेख गर्दै उनले महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली संचार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेको बताए ।

संक्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीमा समेत कोरोना संक्रमण देखिने क्रम बढेको महासंघले जनाएको छ । महासचिव विष्टका अनुसार हालसम्म कम्तीमा ३ दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन संक्रमणको उच्च जोखिममा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार