होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतबाट २ सय बढी नागरिक एकै दिन बाजुरा भित्रिए
देश/प्रदेश

भारतबाट २ सय बढी नागरिक एकै दिन बाजुरा भित्रिए

  • नागरिक रैबार
भारतबाट २ सय बढी नागरिक एकै दिन बाजुरा भित्रिए
फायल तस्वीर

नागरिक रैबार/बाजुरा ११ जेठ। भारतका विभिन्न शहरहरुमा रोजगारीको सिलसिलामा काम गर्न गएका नेपालीहरु अहिले धमाधम आफ्नो गृह जिल्ला फर्कन थालेका छन् ।

 बर्षाै दखि भारतका विभिन्न शहरहरुमा बसेर काम गर्दै आएका नेपालीहरु समेत अहिले आफ्नो गाँउ ठाँउमा बढी सुरक्षा हुने भन्दै घर फर्कीन थालेका हुन् । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड– १९ को संक्रमण फैलिन थालेपछि भारत सरकारले भारतमा कामकाज गर्ने नेपालीहरुलाई आफ्नो देशबाट फर्किन बाध्य पारेपछि बाजुरा जिल्लामा पनि धमाधम भित्रिरहेका छन् ।

लकडाउनको ६२ औं दिन भारतबाट मात्रै २ सय १४ जना बढी नेपाली नागरीकहरु जिल्ला भित्रिएका छन् ।भारतको गौरीफन्टा नाका हुँदै बाजुरामा २ सय १४ जना एकै दिन भित्रिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आईतबार मात्रै बाजुरा आएका उनीहरु सवैलाई सम्वन्धित स्थानीय तहमा पठाउने काम भईरहेको प्रहरीले बताएको छ ।

विज्ञापन

आईतबार मात्रै बाजुरा प्रवेश गर्नेहरुमा सवै भन्दा बढी ८५ जना बुढीगंगा नगरपालिकाका रहेका छन् । त्यसै गरी त्रिवेणीमा ४५, बडीमालिका ४९, गौमुल गाउँपालिका २६, बुढीनन्दाका १ र खप्तड छेडेदहका ७ जना रहेका छन् ।

भारतबाट नेपालीहरु दैनिक रुपमा जिल्लामा भित्रिन थालेपछि यहाँका स्थानीयतहहरुले तयार गरेका बिद्यालयहरुमा क्वारेन्टाईन बनाएर राख्ने व्यवस्था मिलाएका छन् । भारत बाट सिधै बाजुरा प्रवेश गर्ने संख्या दिन प्रतिदिन बढ्ने गरेपछि ग्रामीण बस्तिहरुमा निकै जोखिम समेत बढ्न थालेको छ । अहिले सम्म भारत बाट फर्कीएकाहरुको आरडिटि र पिसिआर अभावका कारण कोरोना परिक्षण गर्न समस्या भईरहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार