होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • लालबहादुर र शान्तिश्रीको स्वरमा, देउडा गीत बजारमा
मनोरञ्जन

लालबहादुर र शान्तिश्रीको स्वरमा, देउडा गीत बजारमा

  • नागरिक रैबार
लालबहादुर र शान्तिश्रीको स्वरमा, देउडा गीत बजारमा

नागरिक रैबार/बाजुरा १० माघ। चर्चित देउडा गायक लालबहादुर थापा र चर्चित गायिका शान्तिश्री परियारकाे स्वरमा “मेरा रानी मौरा” बाेलको देउडा गीत बजारमा आएकाे छ ।

बाजुराको बुढीगंगा नगरपालिका साविकको ब्रह्मतोला १ मा जन्मेका चर्चित देउडा गायक लालबहादुर थापाले एकदशक लामो समयको अन्तरालपछि देउडा गीत बजारमा आएको हाे ।

वि.स. २०५१ सालमा पहिलो एल्बम लोक शुसेली देउडा गीतमा स्वर रेकर्ड गराएर कलाकारीता क्षेत्रमा प्रवेश गरेका थापाले करिब १२ वर्षको अन्तरालपछि आफ्नै लय÷शव्द र स्वरमा देउडा गीत बजारमा ल्याएका हुन् ।

विज्ञापन

सुदूरपश्चिम क्षेत्रको कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सानै उमेर देखि कलाकारीता क्षेत्रमा प्रवेश गरेका उनले विगत २ वर्षदेखि धनगढीमा आफ्नै बडीमालिका म्युजिक एण्ड दोहोरी साँझ संचालन गर्दै आईरहेका छन् ।

दोहोरी साँझ संचालनमा ल्याएदेखि नै निकै व्यस्त रहेका कलाकार थापाको स्वरमा लामो समयको अन्तरालपछि “मेरा रानी मौरा” बोलको देउडा गीत सुन्न पाउँदा हर्सित भएको उनका दर्शक तथा शुवेच्छुकहरुले सामाजिक संजालमा गीतलाई सेयर गर्दै भनेका छन् ।

गायन क्षेत्रमा करिव ३ दशक विताई सकेका गायक थापाले अहिलेसम्मको अवधिमा करिव पाँचसय बढी गीतहरुमा आवाज दिईसकेका छन् । उनको स्वरमा रहेका ‘सेराबगर ताल’, कन डालीमा बसेकी होली, ‘मेरी पियारी’, ‘छान्ना थलाराको सेरो’, ‘छुटी मायाजाल’, ‘हिरामोती हार,’ लगायतका गीतहरु चर्चित गीतहरुको लिष्टमा पर्दछन् । नागरिक रैबारको तर्फबाट कलाकार लालबहादुर थापाकाे गीतको सफलताको शुभकामना व्यक्त गर्दछाै ।
उनको नयाँ गीत यस्तो छ हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै