होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुरूमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको तयारी
समाचार

सुरूमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको तयारी

  • नागरिक रैबार
सुरूमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको तयारी

सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरूमा खोप दिने गरी तयारी अगाडि बढाएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप दिने गरी काम अघि बढेको जानाकरी दिए।

त्यसका लागि ‘लक्षित समूह पहिचान समिति’ ले सूची संकलनको काम अघि बढाएको उनले बताए।’समितिले सबै अस्पतालहरूलाई आफ्ना स्वास्थ्यकर्मी लगायत कर्मचारीको विवरण पठाउन भन्छ। त्यसपछि उक्त विवरण केन्द्रमा आउँछ। त्यसको आधारमा स्वास्थ्यकर्मीलाई खोप दिइने हो,’ उनले भने।

सरकारले पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप दिने जनाएको छ। प्रमुख तिंकरीका अनुसार ३ प्रतिशतमध्ये १.५ प्रतिशत खोप स्वास्थ्यकर्मीका लागि खपत हुने छ।जसमा सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र त्यसपछि अन्य बिरामीलाई जाँच गर्ने स्वास्थ्यकर्मीलाई खोप दिइने उनी बताउँछन्।यसरी हेर्दा खोप पाउने पहिलो प्राथमिकतामा कोभिड विशेष अस्पतालहरूमा काम गर्ने स्वास्थ्यकर्मी रहनेछन्।

विज्ञापन

अहिले सरकारले ती सबै अस्पतालहरूसँग समन्वय गरेर स्वास्थ्यकर्मीहरूको सूची संकलन कार्य गरिरहेको छ।स्वास्थ्यकर्मीपछि भने फ्रन्टलाइन र जोखिम क्षेत्रमा काम गर्ने मानिसहरूलाई खोप दिइने प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्यकर्मीले खोप पाएपछि मात्र अन्य जोखिममा रहेका मानिसहरूले खोप पाउने बताए।

तर नेपालमा खोप कहिलेसम्म आइपुग्छ भन्ने यकिन छैन। प्रमुख तिंकरले पनि नेपालमा कहिलेसम्म खोप आउँछ भनेर ठ्याक्कै भन्न नसकिने बताउँछन्। यद्यपि कोभ्याक्स अन्तगर्तको खोप भने सन् २०२१ को चार महिनासम्म आउनसक्ने उनको भनाइ छ।कोभ्याक्सले नेपाललाई २० प्रतिशत खोप उपलब्ध गराउने भनिएको छ।

कोरोना भाइरसविरूद्धको खोपमा विकसित मुलुकहरूको एकलौटी हस्तक्षेप नहोस् भनेर र साथै गरिब मुलुकहरूलाई समेत समयमै खोप उपलब्ध गराउने हेतुले ‘कोभ्याक्स’ कार्यक्रम गठन भएको हो।तर कोभ्याक्स अन्तर्गतको खोप पनि समयमै आइपुग्ने यकिन छैन।प्रमुख तिंकरले कोभ्याक्स अन्तर्गतको खोप आउन ढिला भए सरकारले त्यसलाई नकुर्ने र द्रुत प्रकृयाबाट आफैं खोप खरिद गर्ने बताए।

सरकारले अहिले खोप आपूर्तिसँगै खोप आएपछि आवश्यक पर्ने पूर्वाधार व्यवस्थापनमा काम गरिरहेको छ। त्यसका लागि जनशक्ति व्यवस्थापन र खोप भण्डारण गर्ने पूर्वाधार जुटाउने कार्य भइरहेको छ।यी कार्यहरूमा सरकारलाई खोप भण्डारणमा भने चुनौती देखिने भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखा अनुसार नेपालमा -७० डिग्री तापक्रममा राख्नुपर्ने खोपका लागि ‘कोल्ड चेन’ नै छैन।व्यवस्थापन महाशाखा तिंकरका अनुसार पनि नेपालका लागि २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने खोप उपयुक्त हुनेछ।उनले -२० डिग्रीमा राख्नुपर्ने खोपलाई पनि भण्डार गर्ने क्षमता रहेको तर त्यसलाई विस्तार गर्नुपर्ने बताए।

उनले त्यस्ता खोपलाई सुरूमा -२० डिग्री तापक्रममा भण्डारण गर्ने र पछि ठाउँ-ठाउँमा पठाउँदा २ देखि ८ डिग्रीमा राखेर एक महिनासम्म प्रयोग गर्न सकिने जनाए।सरकारले कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई कोरोना विरूद्धको खोप लगाइने जनाएको छ। त्यसमा सबैलाई एकैचोटि नभएर चरण-चरणमा लगाउने सरकारको योजना छ।

खोप पाउने सूचीमा सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, दोस्रोमा फ्रन्टलाइनमा काम गर्ने व्यक्ति राखेको छ। त्यसपछि भने जेष्ठ नागरिक, दीर्घ रोगीहरूलाई खोप पाउने सूचीको प्राथमिकतामा राखिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार