होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • दुुबईमा कोरोनाविरुद्धको खोप निःशुल्क लगाइँदै
स्वास्थ्य-जीवनशैली

दुुबईमा कोरोनाविरुद्धको खोप निःशुल्क लगाइँदै

  • नागरिक रैबार
दुुबईमा कोरोनाविरुद्धको खोप निःशुल्क लगाइँदै

संयुक्त अरब इमिरेट्स (युएई) को दुुबईमा बुधबारदेखि कोरोना भाइरसविरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु हुने भएको छ । यहाँ, फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोगमा आउनेछ । यसअघि साउदी अरबले गत साताबाट यस खोपको प्रयोग सुरु गरिसकेको छ ।

दुुबईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ र ६ सय ४२ जनाको ज्यान गइसकेको छ । यसअघि नै युुएई र बहराईनमा चिनियाँ औषधी कम्पनी सिनेफार्मले विकसित गरेको खोपले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । चिनियाँ खोपको प्रभावकारीता ८६ प्रतिशतभन्दा धेरै देखिएको क्लिनिकल ट्रायलले देखाएको छ ।

युुएईको स्वास्थ मन्त्रालयले फाइजर–बायोनटेकको खोपलाई पनि आपतकालिन प्रयोगको अनुमति दिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । त्यसयता, दुबईको संकट तथा विपद् व्यवस्थापन सर्वाेच्च समितिले ट्वीटरमार्फत बुधबारबाट फाइजरको खोप लगाउने कार्यक्रम सुरु हुने जानकारी दिएको हो ।
‘बुधबार दुुबईमा कोरोनाविरुद्ध व्यापक खोप अभियान सुरु हुनेछ,’ मंगलबार ट्वीटरमार्फत सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन

मध्यपूर्वकै अर्को देश कतारल पनि फाइजर र बायोनटेकको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । बेलायत, क्यानेडा, अमेरिकालगायत देशमा यसअघि नै फाइजरको खोप प्रयोगमा आइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार