होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सहयोगका लागि ओलीले गरेको प्रस्तावमा गृहमन्त्री थापा ‘सकारात्मक’
समाचार

सहयोगका लागि ओलीले गरेको प्रस्तावमा गृहमन्त्री थापा ‘सकारात्मक’

  • नागरिक रैबार
सहयोगका लागि ओलीले गरेको प्रस्तावमा गृहमन्त्री थापा ‘सकारात्मक’

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ ।

बुधबार (आज) बिहान बालुवाटारमा भएको झण्डै एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीले थापालाई सहकार्यको प्रस्ताव गर्नुभएको थियो ।

‘दीर्घकालीन हित हुने गरी तपाईँले सोच्नुपर्‍याे, मैले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छु’, ओलीको भनाइ उधृत गर्दै स्रोतले उज्यालोलाई बतायो । जवाफमा थापाले ओलीको प्रस्ताव सकारात्मक रहेको र आफूले छिट्टै निर्णय लिने बताउनुभएको पनि स्रोतले जानकारी दिएको छ ।

विज्ञापन

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् भङ्ग भएपछि नेकपामा दुई टुक्रामा विभाजित भएको छ । तर सचिवालय सदस्यहरू वामदेव गौतम र रामबहादुर थापा तटस्थ बस्नुभएको छ । दुवै समूहले उहाँहरूलाई आफ्नो समूहमा ल्याउन पहल गरिरहेका छन् ।

मङ्गलबार (हिजो) र साेमबार (अस्ति) प्रचण्डले गृहमन्त्री थापालाई निवासमै पुगेर सहकार्यको प्रस्ताव गरिसक्नुभएको छ ।

बुधबार (आज) भने ओलीले नै थापालाई फोन गरेर बालुवाटार बोलाउनुभएको थियो । थापालाई उहाँ पक्षीय केन्द्रीय सदस्यले ओलीको कदमलाई साथ नदिन आग्रह गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार