होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल हाम्रै हो : प्रचण्ड
समाचार

अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल हाम्रै हो : प्रचण्ड

  • नागरिक रैबार
अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल हाम्रै हो : प्रचण्ड

काठमाडौं । नेकपा (प्रचण्ड-माधव ) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल आफूहरुले नेतृत्व गरेको नेकपा नै रहेको दावी गरेका छन् । उनले बुधबार संसदीय दलको बैठकमा बोल्दै यस्तो दावी गरेका हुन् ।

‘हिजोको नेकपाको बैठक आधिकारिक बैठक भएको दुनियालाई थाहा छ । ७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको सवैले देखेका छन्’, प्रचण्डको भनाइ छ । साथै उनले ९५ जना सांसदपनि आफूहरुसँगै रहेको उनले बताए । उनले अरु पनि आउने क्रम जारी रहेको भन्दै उच्च मनोवलका साथ काम गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘हामी मरेका छैनौ संसद जिउँदो छाैं’, सम्बोधनका क्रममा प्रचण्डले भने । उनले सारा संसारले नेकपालाई हेरिरहेको भन्दै जटिल र चुनौतिपूर्ण क्षणमा आफूलाई संसदीय दलको नेतामा चुनेको भन्दै धन्यवाद व्यक्त गरे । उनले विदेशी मिडियाहरुले समेत नेपालको संसद विघटन असंवैधानिक भएको भनिरहेको भन्दै संविधान अनुसार नै संसद विघटन भएको भनाईप्रति संसारका संविधानविदहरु आश्चार्यमा परेको बताए ।

विज्ञापन

मंगलबारको केन्द्रीय समिति बैठकको निर्णय निर्वाचन आयोगलाई आज जानकारी दिएको पनि उनले बताएका थिए । प्रचण्डले नेपालमा अस्थिरता चाहाने शक्तिले खेलिरहेको भन्दै यसका विरुद्ध सशक्त आन्दोलनका साथै कानुनी रुपमा अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार