होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशका विभिन्न स्थानमा रगतको अभावः रक्तदानको लागि अनुरोध
समाचार

देशका विभिन्न स्थानमा रगतको अभावः रक्तदानको लागि अनुरोध

  • नागरिक रैबार
देशका विभिन्न स्थानमा रगतको अभावः रक्तदानको लागि अनुरोध

काठमाडौं । देशका विभिन्न स्थानमा रहेका विरामीलाई रगत अभाव भइरहेको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून सँख्यामा रगत स्टक रहेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका थिए । उनकाअनुसार विहिबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत संकलन गर्न सकिएको तर थप ६१ जना रित्तोहात फर्किनुपरेको थियो ।

शुक्रबार २६ जनालाई फर्काउनुपरेको थियो । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

विज्ञापन

केन्द्र मात्र होइन धरान, विराटनगर, चितवनलगायतका स्थानमा पनि रगत अभाव भइरहेकोे नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए। ती क्षेत्रका अधिकांश भागमा निशेधाज्ञा छ र वरिपरिका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति रहेको छैन । तर, नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको छ ।

रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरेपनि विगत १३ देखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको छ । तर, स्थानीय प्रशासन र पालिकाको सहमति लिई आज शनिवार विहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरेको र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिए ।

रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए। उनले भने, ‘नियमित रक्तदाता तथा युवाहरुले नजीकका केन्द्रहरुमा गई रक्तदान गर्न सक्दछन् ।

विरामीको रक्तसमूहसँग मिल्ने साथीभाई, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुनेछ । शुरक्षित तवरले रक्तदान गर्दा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संघले यस अघि नै स्पष्ट पारिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार