होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेती अस्पताल र प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रद्धारा २६ लाखका बेड खरिद
समाचार

सेती अस्पताल र प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रद्धारा २६ लाखका बेड खरिद

  • नागरिक रैबार
सेती अस्पताल र प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रद्धारा २६ लाखका बेड खरिद

धनगढीः सार्वजनिक खरिद ऐन अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १९ लाख ८९ हजारका आइसोलेसन बेड सहितका सामाग्री खरिद गरेको छ।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितका लागि आवश्यक बेड सहितका उपकरण खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ प्रयोग गरिएको छ। केन्द्रले उपलब्ध गराएको सूचनामा १९ लाख ८९ हजार दुई सय २९ का बेड तथा बेडका लागि आवश्यक सामाग्री खरिद गरिएको जनाइएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले दिएको सूचनामा हस्पिटल बेड हेभी १२ हजार आठ सय ७० दरले ३१ वटा , म्याटे«ज सात हजार आठ सयका दरले ४७ वटा, फल्वर बेड ४६ हजार दुई सयका दरले १० वटा, सेमि फल्वर बेड ३१ हजार दुई सयका दरले ६ वटा, बेड साइड लकर आठ सय ३०का दरले ४२ वटा र फाइबर आठ सय ३०का दरले ४७ वटा खरिद गरिएको जनाइएको छ।

विज्ञापन

तर गुणस्तर र सम्झौता भने भएको सूचना अधिकारी श्रेष्ठले प्रतिक्रिया दिए। सार्वजनिक नियमावली २०६४ को नियम १४५ अनुसार खरिद गरिएका उपकरणको पनि सम्झौता, बोलपत्र, बोलपत्रको मुल्य, खरिद सम्झौता, प्रगति प्रतिवेदन, मुल्याकनको प्रतिवेदन लगायतका फाइल हुनुपर्ने हो।

तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सम्झौता र गुणस्तरको फाईलको प्रतिलिपी भने उपलब्ध गराएको छैन्। सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ लाई प्रयोग गर्दै गत २९ गते दर्ता गरिएको सूचनामा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको आइसोलन बेडको सम्झौता र गुणस्तर माग गरिएको थियो।

तर सेती प्रादेशिक अस्पतालले १९ हजार आठ सयमा खरिद गरेको आइसोलेसन बेडको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले ३१ हजाार दुई सय खर्च गरेको छ। केन्द्रले खरिद गरेको सामाग्रीको गुणस्तर समेत कमजोर रहेको दावी गरिएको छ।

प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र र सेती प्रादेशिक अस्पतालले झण्डै साढे २६ लाख बराबरका आइसोलेसनका लागि शैया खरिद गरेका हुन्। कोरोना संक्रमित र सम्भावित बिरामीका लागि आपूर्ति व्यवस्थापन केन्द्र र सेती प्रादेशिक अस्पतालले झण्डै साढे २६ लाखका आईसोलेसन बेड र बेडमा आवश्यक सामाग्री खरिद गरेका छन्।

तर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गरेका लगभग सबै उपकरणको मूल्य सेती प्रादेशिक अस्पतालले खरिद गरेका उपकरणको भन्दा बढि छ। सेतीले १९ हजार आठ सयमा खरिद गरेको बेडको प्रदेश स्वास्थ्य आपूर्तिले ३१ हजार दुई सय, सेतीले पाँच हजार ८ सयमा खरिद गरेको मेट्रेसको सात हजार आठ सय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले तिरेको छ।

केन्द्रले सात हजार तीन सय प्रति वटामा खरिद गरेको लकरको भने सेतीले आठ हजार पाँच सय खर्च गरेको छ। सेती प्रादेशिक अस्पतालले ६ लाख ५५ हजार दुई सय ५० का आईसोलेस बेड र बेडमा आवश्यक पर्ने सामाग्री खरिद गरेको छ। सेती प्रादेशिक अस्पताले खरिद गरेका बेड प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको बेड एउटै स्तरको रहेको दावी गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार