होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज अन्तर्राष्ट्रिय एकल महिला दिवस
समाचार

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस

  • नागरिक रैबार
आज अन्तर्राष्ट्रिय एकल महिला दिवस

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो।

लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरिबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध बिच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनी उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर झण्डै २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न समस्यामा छन्। त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन्।

विज्ञापन

नेपालको जनगणना २०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख छ। कोरोना सङ्क्रमण जोखिमका कारण दशौं अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा औपचारिक कार्यक्रम आयोजना गरिएको छैन। मानव अधिकारको सम्मान, सुरक्षा र समतामुलक समाजका लागि एकल महिलाका क्षेत्रमा क्रियाशील संघसंस्थाले जोड दिंदै आएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै