होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बामदेवको इच्छा पूरा गर्न संबिधान संशोधन !
पत्रपत्रिका

बामदेवको इच्छा पूरा गर्न संबिधान संशोधन !

  • नागरिक रैबार
बामदेवको इच्छा पूरा गर्न संबिधान संशोधन !

काठमाडौं, फागुन ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमको चाहना पूरा गराउन संबिधान संशोधन कार्यदल बनाएको छ । शनिवार बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा गएर प्रधानमन्त्री बन्ने उपाध्यक्ष गौतमको चाहना पूरा गराउन कार्यदल गठन गरेको हो ।

नेकपाका उपाध्यक्ष गौतमले संबिधान संशोधन गरी आफू प्रधानमन्त्री बन्ने अवस्था भएमात्रै राष्ट्रियसभामा जाने सार्वजनिक घोषणा गर्नुभएको थियो । उहाँको सोही चाहना पूरा गराउनका लागि नेकपाले चुनावी सरकारमा गौतमलाई प्रधानमन्त्री बनाउने गरी संबिधान संशोधन गृहकार्य अघि बढाएको एक नेताले बताए ।
सोही योजनाअनुसार संविधान संशोधन गर्न नेकपाले सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्सीय कार्यदल बनाएको छ । कार्यदलमा स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य हुनुहुन्छ ।

राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान संशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई दिइएको स्रोतको भनाई छ । नेपालको संविधान अनुसार प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ । शनिबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले कार्यदल गठनका लागि प्रस्ताव गर्नुभएको थियो ।

केन्द्रीय कमिटीबाटै एक ब्यक्ति एक मुख्य जिम्मेवारी हुने निर्णय गरेको नेकपामा उपाध्यक्ष गौतमले तीन महत्वपुर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँ उपाध्यक्षसँगै संगठन बिभाग प्रमुख, अहिल नेपाल किसान महासंघको इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । यसअघि उहाँ किसान महासंघको संयोजकसमेत हुनुहुन्थ्यो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार