नागरिक रैबार/बाजुरा ७ पुस।जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे मालिका नमुना माविकाे विद्यालय व्यवस्थापन समिति २ साता वित्न लाग्दा समेत गठन हुन सकेकाे छैन् ।
विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षकाे पदमा ७ जनाकाे उम्मेदवारी परेपछि गठन प्रकृया लम्विएकाे बुझिएकाे छ ।
विव्यस अध्यक्षकाे पदका लागि निवर्तमान अध्यक्ष दिर्घराज पाद्याय, अशाेक रावल, बसन्त विश्वकर्मा, दिलिप रावल (कालु) कर्ण रावल, लालबहादुर विक र जय बहादुर विकले उम्मेदवारी दिएका छन् । दिर्घराज पाध्याय र अशाेक रावल भने यस अघि विव्यस अध्यक्ष भईसकेका उम्मेद्वार हुन् भने अरू ५ जना अध्यक्षका लागि नयाँ उम्मेद्वार हुन् ।
त्यस्तै सदस्य पदमा १७ जनाकाे उम्मेदवारी परेकाे विद्यालयले जनाएकाे छ ।
२ साता अघि मंसिर २६ गते मालिका माविले विद्यालयकाे व्यवस्थापन समिति पुनरगठनका लागि प्रकृया अगाडि बढाएकाे थियाे । तर अध्यक्ष र सदस्य पदमा कसैले पनि अाफ्नाे उम्मेदवारी फेर्ता नगरेपछि विव्यस समिति गठन प्रकृया लम्विएकाे बुझिएकाे छ ।
अध्यक्षमा सहमतिकाे प्रयास जारी
विव्यसकाे अध्यक्ष पदका लागि ७ जनाकाे उम्मेदवारी परेकाे भएपनि ५ जना उम्मेदवारले बसन्त विश्वकर्मालाई अध्यक्ष पदका लागि सहमति दिई सकेकाे अध्यक्ष पदमा उम्मेदवारी दिएका लालबहादुर विकले बताएका छन् ।
७ मध्ये ५ जना उम्मेदवारले वसन्त विश्वकर्मालाई अध्यक्षमा सहमति दिएकाे भएपनि कर्णबहादुर रावलले भने अाफ्नाे अध्यक्षकाे उम्मेदवारी यथावत राखेका छन् ।
त्यस्तै सदस्य पदमा १७ जनाकाे उम्मेदवारी परेकाे भएपनि सन्ताेष विक निर्विरोध सदस्यमा निर्वाचित भईसकेका छन् ।
यता विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षकहरू भने अब अाउने विव्यसकाे नेतृत्व विद्यालयलाई चलायमान बनाउन सक्ने अाउनु पर्ने माग गरिरहेका छन् ।
७ सदस्यीय कार्यदल गठन
लामाे समयसम्म सहमति गर्दा विव्यस समिति गठन हुन नसकेपछि ७ सदस्यीय कार्यदल गठन गरिएकाे छ ।
विद्यालयका अभिभावक गगन रावल संयाेजक रहनेगरि ७ सदस्यीय कार्यदल गठन गरिएकाे हाे ।
जसमा सदस्यहरू बडीमालिका ९ का वडा अध्यक्ष विनाेद कुमार विक, ८ का वडा अध्यक्ष प्रकाश रावल, किट्टाे लवार, प्रेम विक, दिलिप थापा, विरेन्द रावल रहेका छन् ।
अध्यक्ष र सदस्यमा सहमति हुन नसकेपछि ७ जनाकाे कार्यदल गठन गरिएकाे हाे ।
७ सदस्यीय कार्यदलले विव्यस गठन प्रकृया टुंगोमा लगाउने विद्यालयले जनाएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु