होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेः झलनाथ खनाल
समाचार

ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेः झलनाथ खनाल

  • नागरिक रैबार
ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेः झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् । बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे ।

प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले २०७२ सालको संविधानमार्फत प्राप्त उपलब्धि रक्षार्थ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको चर्चासमेत उनले गरे ।उनले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने दावी गरे । देशलाई अस्थिरतातर्फ लैजाने प्रयास हुन सक्छ भनेर नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने प्रावधान राखिएको उनको भनाइ थियो ।

जनवादी क्रान्ति सफल भयो भनेर पूर्व एमाले र पूर्व माओवादी केन्द्रले धेरै अघि घोषणा गरिसकेको स्मरण गराउँदै उनले समृद्धिका आधार निर्माण गर्ने उद्देश्यले नै दुई ठुला कम्युनिस्ट पार्टीबीच एकता भएको प्रस्ट पारे ।जनताले पनि कम्युनिस्ट पार्टीमाथि विश्वास गरेको र प्रचण्ड बहुमतका साथ सरकार गठन भएको उल्लेख गर्दै उनले भने, ‘केपी ओलीलाई सर्वसम्मतिले प्रधानमन्त्री बनायौं, त्यो दिनदेखि उहाँले आफूलाई महाराजजस्तो ठान्नुभयो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै