होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीलाई यस्तो सन्देश दिँदै झलनाथले भने–..अन्यथा भिरबाट लड्ने गाईलाई काँध थाप्न सकिँदैन
समाचार

ओलीलाई यस्तो सन्देश दिँदै झलनाथले भने–..अन्यथा भिरबाट लड्ने गाईलाई काँध थाप्न सकिँदैन

  • नागरिक रैबार
ओलीलाई यस्तो सन्देश दिँदै झलनाथले भने–..अन्यथा भिरबाट लड्ने गाईलाई काँध थाप्न सकिँदैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत काम छाडेर पार्टीमा आउन आग्रह गरेका छन् ।
बबरमहलमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गलत काम गरेको, संविधानको मर्म र भावनालाई कुल्चिएको, पार्टीभित्र गुटबन्दी गरेको कारण नै अहिलेको संकट निम्तिएको प्रस्ट पारे ।
ती गलत काम गर्न छोडेर विधि, पद्धति र संविधानअनुरुप चल्ने प्रतिज्ञासहित पार्टीमा आउन उनले ओलीलाई आग्रह गरे । अन्यता भिरबाट लड्ने गाईलाई काँध थाप्न नसकिने उनको भनाइ थियो ।

उनले आफ्नै पार्टीका कार्यकर्ताको हत्या हुँदा प्रहरीलाई उजुरी दर्ता नगर्न दबाब दिने, सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीलाई जानकारी नदिने, कुनै प्रकारको छलफल नगर्ने जस्ता गतिविधिमा प्रधानमन्त्री ओली निरन्तर अघि बढेको चर्चासमेत गरे ।
भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखसँग राति तीन घण्टासम्म छलफल गरेको बारेमा पार्टीलाई जानकारी नदिएको उल्लेख गर्दै खनालले उनीहरु बीच के कुराकानी भयो भन्नेबारे देशलाई, पार्टीलाई जानकारी हुनपर्ने बताए ।

सरकारका अनियमित कार्यलाई लिएर आफूहरुले छलफलका लागि बैठक बोलाउन पटक पटक आग्रह गर्दै आए पनि ओलीले त्यसलाई लगातार उपेक्षा गरेको उनको आरोप थियो । पार्टी विधि, पद्धति, विधानअनुसार चल्ने प्रस्ट पार्दै उनले सोहीअनुसार आफूहरुले पार्टी कमिटीका बैठक बोलाएको र छलफल गरेको उल्लेख गरे । तर सचिवालयका पाँच सदस्य एक मत भएको अवस्थामा आफू अल्पमतमा परेपछि ओलीले आफूहरुलाई नै ‘गुट’ का रुपमा चिनाउन हरसम्भव प्रयास गरेको उनको गुनासो थियो ।
खनालले संविधान, लोकतन्त्र, संघीयतासहितका उपलब्धिको रक्षाका लागि एक हुनुको विकल्प नभएको पनि बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार