होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ‘नेपालमा को सत्तामा रहन्छ भन्ने चीनलाई फरक पर्दैन’
देश/प्रदेश

‘नेपालमा को सत्तामा रहन्छ भन्ने चीनलाई फरक पर्दैन’

  • नागरिक रैबार
‘नेपालमा को सत्तामा रहन्छ भन्ने चीनलाई फरक पर्दैन’

नेपालमा कुन चाहिँ पार्टी सत्तामा रहन्छ भन्ने कुरा चीनलाई फरक नपर्ने चिनियाँ सरकारी मिडिया ‘द ग्लोबल’ टाइम्स’मा प्रकाशित एक लेखमा भनिएको छ । भारतीय मिडिया द हिन्दुस्तान टाइम्समा नेपालमा देखिएको पछिल्लो पछिल्लो विवादले ‘चीनलाई चोट पुगेको’ र चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको उल्लेख भएपछि त्यसको खण्डन गर्दै चिनियाँ सरकारी मिडियामा उक्त लेख प्रकाशित भएको हो ।

लङ सिङचुनको लेखमा चीनले दुवै पक्षको हितका लागि नेपालमा स्थिर सरकारको मात्र आशा गरेको स्पष्ट पारेका छन् । नेपालमा को सत्तारुढ पार्टी रहन्छ भन्ने चीनको कुनै रोजाइ नरहेको बताउँदै उनले चीनले नेपालको कुनै पनि सत्तारुढ पार्टीलाई समर्थन, दबाब वा जबर्जस्ती नगरेको स्पष्ट पारे ।

‘बरु भारतले नेपालमाथि दबाब बनाउने गरेको छ, नाकाबन्दीसम्म लगाएर,’ लेखमा भनिएको छ । चीनको संयोजनकारी भूमिकालाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप भनेर बुझ्न नहुने बताउँदै भारतीय पक्षको आरोप निराधार भएको बताइएको छ ।

विज्ञापन

भारतीय मिडियाले नेपाल–चीन सम्बन्धलाई चिढाउन खोज्ने प्रयास गरे पनि यसले ठूलो असर नपार्ने लेखमा दाबी गरिएको छ ।

लेखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले नेपाली जनताले अपेक्षा गरेको स्थायित्व र आर्थिक विकासमा असर पुर्याउनेमा चिन्ता पनि व्यक्त गरिएको छ । देश पुनः राजनीतिक अस्थिरतातर्फ अग्रसर भएकोमा लेखमा दुःख व्यक्त गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार