नागरिक रैबार/बाजुरा ६ कार्तिक। बडीमालिका नगरपालिका ९ का ८१ जना महिलालाई स्वस्थ परिवार परामर्श तालिम दिईएको छ ।
राउते रवा सिमानेपानी कृषि वन समूहको आयोजना र बाजुरा असल सन्देशको सहयोगमा उक्त समूहका ८१ जना महिलालाई तालिम दिईएको हो ।
तालिममा सहभागि महिलाहरुलाई परिवारमा स्वस्थ रहनका लागि सचेतना दिईएको थियो । तालिम अवधिभर पत्रुस राइ, कुमारी राई, अनिता रावल र विमला थापाले सहजिकरण गरेका थिए । तालिममा बाजुरा असल सन्देशका ओमप्रकाश विक लगायत ८१ जना महिलाको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु