सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा प्रदेशभर सार्बजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिए।
उनका अनुसार गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठेकले श्रावण १९ गते सोमबार रक्षाबन्धन, भाद्र ७ गते आइतबार अतबारी, पौष २९ गते बुधबार भुवा पर्व र चैत्र २३ गते सोमबार खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार भोलि अतबारी पर्वको बिदा परेको उनले बताए।
फेसबुक प्रतिक्रियाहरु