होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रेस सङ्गठन डोटीद्वारा मास्क र स्यानिटाइजर वितरण
देश/प्रदेश

प्रेस सङ्गठन डोटीद्वारा मास्क र स्यानिटाइजर वितरण

  • नागरिक रैबार
प्रेस सङ्गठन डोटीद्वारा मास्क र स्यानिटाइजर वितरण

प्रेस सङ्गठन नेपाल डोटी शाखाले जिल्लामा रहेका सञ्चारगृहलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ। सङ्गठनले आज डोटीबाट सञ्चालित विभिन्न सञ्चारगृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो।

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा जनतालाई सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई कुनै पनि निकायबाट सहयोग नभएकाले सङ्गठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्णबहादुर चन्दले बताए। उनले भने, “सञ्चारकर्मी जोखिम मोलेर काम गरिरहेको अवस्थामा कसैले पनि मास्क र स्यानिटाइजर नदिएको जानकारी पाएपछि हामीलेले आज सबै सञ्चारगृह र सञ्चारकर्मीलाई वितरण गरेका छौँ।”

जिल्लाका ११ सञ्चारमाध्यमलाई ४० बोतल स्यानिटाइजर र ४०० थान मास्क वितरण गरिएको हो। उक्त सङ्गठनले जिल्लमा सङकट उत्पन्न हुने समयमा सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने मिडियाकर्मीलाई सुरक्षित रहेर काम गर्ने वातावरणको सिर्जना गर्नसमेत माग गरेको छ।

विज्ञापन

लकडाउनको समयमा जिल्लाबाट प्रसारण हुने एफएम रेडियो, रेडियो नेपाल, पत्रिका तथा सबै अनलाइनमा जनशक्तिका आधारमा मास्क र स्यानिटाइजर वितरण गरेको सङ्गठनका सहसंयोजक नवराज जोशीले बताए। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार