नागरिक रैबार
बाजुरा ६ पुस
नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराको सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा रातारात ढाेकामा लगाईएकाे ताला फेरिएको छ । अाईतबार सांझ ढाेकामा लगाएकाे ताला एकाएक फाेडेर अर्काे ताला लगाएकाे पाईएकाे छ ।
कार्यालयमा रहेका कागजात रातारात गाईव गरिएका छन । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीको निर्देशनमा रातारात फाइलहरु गाईव गरिएको हुन सक्ने एक श्रोतले जनाएको छ ।
कार्यालय सचिव गोरख शार्कीका अनुसार कार्यालयमा लगाएको ताला र यस अघि आफुसंग भएको चावीको तालामा फरक छ उनले भने ।
देशब्यापी रुपमा बिभिन्न गतिबिधी भइरहेको अबस्थामा बाजुरामा पनि केन्द्रीय राजनितीको तरङ्ग फैलिएको देखीन्छ ।
सो कार्यालयमा कसले फोडे र ताला परिर्वतन गरे भन्ने कुरामा केपी पक्ष र माधव प्रचण्ड पक्ष दुबैलाई थाहा नभएको बताएका छन । यता केपी पक्षका केही नेताहरुले आफुहरुलाई जानकारी नभएको बताएका छन । भने माधव प्रचण्ड पक्षले भने केपी समूहकाले ताला फोडेर अर्को ताला लगाएको दावी गरेका छन ।
फेसबुक प्रतिक्रियाहरु